default_image

4 months ago

August 11, 2025

बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक

2829 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको लोकबहादुर बुढालाई टोएीलाई मुख्य प्रशिक्षक नियुक्त गरेकल छ । 

खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । 

यसअघि पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए ।

बुढाले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् । 

बुढाको प्रशिक्षण अनुभवले काठमाडौंले राम्रो नतिजा निकाल्ने टोलीले विश्वास लिएको छ । बुढाले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।

बुढाले भने, ‘एभरेष्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु। राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ ।’             

नेपाली राष्ट्रिय महिला टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौँमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरी चन्दलाई राखिएको काठमाडौंले जनाएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.