3 months ago
September 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित हात पारेको छ।
लुम्बिनीले रोमान्चक खेलको चौथो सेटमा म्याच प्वाइन्ट जोगाउँदै पोखरा निन्जाजलाई ३-२ ले माथ दियो।पोखराको भने यो लगातार तेस्रो हार हो।
पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। पोखरालाई निरीह बनाउँदै २५-१३ ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो। तर यो लयलाई लुम्बिनीले गुमाउँदा पोखराले उत्कृष्ट कमब्याक गर्यो।
दोस्रो सेट २५-२३ ले जित्दै पोखराले खेललाई १-१ को बराबरीमा पुग्यो। तेस्रो सेटमा भने लुम्बिनीले झनै कमजोर प्रदर्शन गर्यो। सहजै २५-१० ले तेस्रो सेट पोखराले आफ्नो पक्षमा पार्यो। खेलमा पोखराले २-१ को अग्रता बनायो।

यसपछि चौथो सेट भने निकै रोमाञ्चक बन्यो। यो सेटमा २३-२० को अग्रतासँगै पोखराले सेट प्वाइन्ट समेत गुमायो। लुम्बिनीले २८-२६ ले चौथो सेट जितेर खेललाई २-२ को बराबरीमा पुर्यायो।
खेलको निर्णय पाँचौं सेटबाट भयो। पाँचौ सेटमा लुम्बिनीले ४-० को आरामदायी अग्रता बनायो। पोखराले ५-६ को स्थिति सम्म खेललाई ल्यायो। तर यसपछि भने लुम्बिनीले पोखरालाई मौका दिएन।
१५-१० ले पाँचौं सेट जित्दै लुम्बिनीले पहिलो जित दर्ज गर्यो। जारी लिगमा पाँचौं सेटबाट खेलको निर्णय भएको यो पहिलो पटक हो।
यो जितमा लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ। पोखराले भने ३ खेलबाट १ अंक बनायो। आज भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको थियो।
भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं स्पाइकर्सले कर्णाली यश्विचको सामना गर्नेछ। दोस्रो खेलमा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच प्रतिस्पर्धा हुनेछ। कर्णाली र ललितपुर दुवै भोलि तेस्रो जितको योजनामा हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]