3 weeks ago
October 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन कायम राखेकी छिन्।
कामना माल्दिभ्सकै नैफारु चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै विजयी सुरुवात गरेको थियो।
दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्यो।
तेस्रो खेल अझ रोचक रह्यो । त्यो खेल दुई नेपाली खेलाडीबीचको भिडन्त थियो। कामनाको नैफारू र उषा भण्डारीसम्मिलित टोली आमनेसामने हुँदा रोमाञ्चक ५ सेटसम्म खेल लम्बिएको थियो।
तीव्र प्रतिस्पर्धामा कामनाको टोलीले २१-२५, २५-२१, ७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्यो।
कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नैफारू लगातार तीन जितपछि सेमिफाइनल नजिक पुगेको छ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]