default_image

3 weeks ago

October 24, 2025

काभा कपमा नेपालको पहिलो जित

1777 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ।

आज हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो।‌ प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो।

नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट प्लेयर अफ दि म्याच घोषित भएका थिए।

नेपालले ताजिकिस्तानसँगको पहिलो खेल ३-० ले गुमाएको थियो। हिजो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३-२ सेटले पराजित भएको थियो।

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

Success

Thank you for your time.