1 month ago
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) ले ‘गल्फ फर अल’ अभियान अन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानी राईलाई व्यावसायिक तालिम र अध्ययनका लागि प्रायोजन गर्ने घोषणा गरेको छ।
यो अभियानको उद्देश्य नेपाली युवामाझ गल्फलाई सहज पहुँच र महिलाको सहभागिता बढाउनु रहेको बताइएको छ।
यो घोषणासँगै आरसिएचजीले ‘द हिमालयन स्विङ ओपन २०२५’ प्रतियोगिता आयोजना गर्ने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
फन्ड रेजिङ यो प्रतियोगिता कात्तिक १५ गते गोकार्ण फरेस्ट रिसोर्टमा हुनेछ। त्यो प्रतियोगिताबाट संकलित रकम ‘गल्फ फर अल’ अभियान मार्फत देशभरका उदीयमान गल्फ प्रतिभाको पहिचान र विकासमा प्रयोग गरिने जानकारी दिइएको छ।
अवानीले भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा पहिलो चरणमा एक महिनाको प्रशिक्षण लिनेछिन्। उनी रोटरीको सहयोगमा अन्तर्राष्ट्रिय गल्फ प्रशिक्षण गर्ने पहिलो नेपाली महिला गल्फर बन्नेछिन्।

आफूलाई प्रायोजन गरेकोमा उत्साहित अवानीले भनिन्, ‘आरसिएचजीले ममाथि विश्वास देखाएकोमा म अत्यन्त आभारी छु। मैले सानैदेखि अन्तर्राष्ट्रिय स्तरको गल्फर बन्ने सपना देखेकी थिएँ। नेपाललाई विश्व स्तरमा प्रतिनिधित्व गर्नु मेरो लक्ष्य हो र यो सहयोगले मलाई त्यो सपनाको नजिक पुर्याएको छ। म आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्छु।’
आरसिएचजीका अध्यक्ष दमन घलेले अवानीको छनोटलाई गर्व र प्रेरणाको क्षणका रुपमा लिएको बताएका छन्। उनको यात्राले धेरै नेपाली युवतीलाई सीमाभन्दा पर सपनादेख्ने साहस प्रदान गर्ने विश्वास व्यक्त गरे।
प्रेसिडेन्ट इलेक्ट आरती आर.एल. राणाले महिलालाई गल्फमा प्रोत्साहन दिनु ‘गल्फ फर अल’ को मुख्य उद्देश्य भएको बताइन्।
उनले भनिन्, ‘यो परियोजना नेपालको पहिलो व्यावसायिक महिला गल्फर उत्पादन गर्ने दिशामा साहसिक कदम हो, जसले भविष्यमा एलपिजिए टुरसम्म नेपालको झण्डा फहराउन सक्ने सम्भावना बोकेको छ।’

राणाले थपिन्, ‘नेपाल गोल्फ संघ (एनजिए) को सल्लाहमा आरसिएचजीले एकमतका साथ महिला खेलाडीमा लगानी गर्ने निर्णय गरेको हो। यो केवल सुरुवात हो – हामी अवानीको प्रगति र एकेडेमीमा उनको सहजतालाई मूल्यांकन गर्दै उनलाई उत्कृष्ट विकास वातावरण दिनेछौं।’
शनिवार हुने प्रतियोगितालाई रोमाञ्चक बनाउन आकर्षक पुरस्कार राखिएको छ। बिवाइडी नेपालद्वारा होल-इन-वानको लागि कार पुरस्कार राखिएको छ। दुई विजेतालाई दुबईको राउन्ड ट्रिप टिकट र एक विजेतालाई युरोपको राउन्ड ट्रिप टिकट पुरस्कार राखिएको छ।
यो च्यारिटी प्रतियोगिताबाट ४० देखि ५० लाख रुपैयाँ उठाउने लक्ष्य आयोजकले राखेको छ। अवानीको अध्ययन र प्रशिक्षणका लागि २५ देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा आरसिएचजी ८० प्रतिशत र उनको परिवारले २० प्रतिशत बेहोर्ने बताइएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]