default_image

1 month ago

November 2, 2025

वरिष्ठ सर्जन डाक्टर जोशी भारतमा सम्मानित

586 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका वरिष्ठ आर्थोस्कोपिक सर्जन प्रोफेसर डाक्टर अमित जोशी भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् ।

भारतमा आयोजित प्रथम छत्तीसगढ आर्थोस्कोपी समाज कन्फरेन्सको अवसरमा जोशीलाई डाक्टर मनिष बुधिया ओरेसन अवार्डबाट सम्मानित गरिएको हो । यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । उनले कन्फरेन्समा ‘नेसेसिटी इज द मदर अफ इनोभेसन’ शीर्षकमा दिएको प्रस्तुतीले स्ट्यान्डिङ अभेसन पाएको थियो ।

डाक्टर जोशीले आर्थोस्कोपी शल्यक्रियामा सुरू गरेको विधि र उपकरण नेपाल, भारत लगायत देशमा प्रयोग गरिँदै आएको छ । बि एन्ड बि अस्पतालमा कार्यरत जोशीले धेरै नेपाली खेलाडीहरुको शल्यक्रिया गरेर मैदान फर्काउन सफल भएका छन् ।

जोशीले नेपाल लगायत विश्वभर थुप्रै सेमिनारमा आफ्नो प्रस्तुति दिएका छन् । सन् २००७ देखि आवद्ध उनले १० हजार बढी शल्यक्रियाको अनुभव बोकेका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.