1 week ago
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा काभा महिला यु १९ च्याम्पियनसिपमा आज सुरु हुँदैछ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।
त्यसअघि आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ।
राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा भन्दा यसपटक लामो समयको तयारी भएकाले सुखद नतिजाको अपेक्षा राखिएको टोलीका मुख्य प्रशिक्षक कुमार राईले बताएका थिए । उनको प्रशिक्षणमा यु २० टोलीले गत वर्ष कास्य पदक जितेको थियो।
टोलीकी कप्तान जेनिशा विश्वकर्माले पनि यसपटक गत वर्षको भन्दा सफल नतिजा आउने आशा राखेकी बताएकी थिइन् । टोलीले झन्डै डेढ महिना काभाको तयारी गरेको थियो।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]