4 weeks ago
November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा जारी काभा महिला यु १९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३,२५-५ ले विजयी भएको छ ।
नेपालले आइतवार हुने फाइनलमा कीर्गिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो। कीर्गिस्तान २६-२४,२५-२१,२५-१५ ले विजयी भएको थियो।
च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। भोलि फाइनल र तेस्रो स्थानको खेल हुनेछ। नेपाललर गत वर्ष काभा महिला यु २० मा कास्य पदक जितेको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]