default_image

1 month ago

November 8, 2025

नेपाल काभा महिला यु १९ भलिबलको फाइनलमा

2502 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा जारी काभा महिला यु १९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३,२५-५ ले विजयी भएको छ ।

नेपालले आइतवार हुने फाइनलमा कीर्गिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो। कीर्गिस्तान २६-२४,२५-२१,२५-१५ ले विजयी भएको थियो।

च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। भोलि फाइनल र तेस्रो स्थानको खेल हुनेछ। नेपाललर गत वर्ष काभा महिला यु २० मा कास्य पदक जितेको थियो।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.