default_image

1 month ago

November 9, 2025

नेपाल काभा महिला यु १९ भलिबलमा दोस्रो

1534 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ।

कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो।

नेपाल समूह चरण र फाइनलमा कीर्गिस्तानसँग मात्रै पराजित भयो । समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३-२ ले नै पराजित भएको थियो।

नेपालले श्रीलंकालाई समूह चरणमा तथा माल्दिभ्सलाई समूह चरण र सेमिफाइनल हराएको थियो।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता थियो। नेपालले गत वर्ष काभा महिला यु २० मा कास्य पदक जितेको थियो।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.