4 weeks ago
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आज सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन्। कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ ।
त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर क्विन्स र पोखरा निन्जाजबीच हुनेछ। पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को आन्दोलनका कारण स्थगित भएको थियो।

लिगको १६ मध्ये ९ खेल पोखरा भईसकेको थियो ।
आजबाट सुरु हुने खेलमा भने विदेशी खेलाडी हुने छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट खेल सक्ने सहमति अनुसार बाँकी खेल हुने इडब्लुभीका प्रतियोगिता संयोजक जगदिश भट्टले जानकारी दिए।
हरेक टोलीले मार्की, ७ खेलाडी अक्सन, १ खेलाडी ट्यालेन्ट हन्ट र ३ विदेशी खेलाडी लिएका थिए। ‘विदेशी खेलाडी पुनः ल्याउनका लागि केहि समय पनि लाग्ने देखियो ।
प्रतियोगिता अप्रत्याशित रोक्नु परेकोले यसलाई चाहिँ टुंगाउनु पर्छ भन्ने भयो, भट्टले भने,यहि अवस्थामा जसरी सकिन्छ सम्पन्न गरौं भन्ने भएपछि अघि बढेका हौं।’ इडब्लुभीमा ६ टोली सहभागी छन्। गत वर्ष कर्णालीले उपाधि जितेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]