default_image

4 weeks ago

November 12, 2025

इडब्लुभी सुरु हुँदै, आज २ खेल

2059 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आज सुरु हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन्। कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ ।

त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर क्विन्स र पोखरा निन्जाजबीच हुनेछ। पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को‌ आन्दोलनका कारण स्थगित भएको थियो।


लिगको १६ मध्ये ९ खेल पोखरा भईसकेको थियो ।
आजबाट सुरु हुने खेलमा भने विदेशी खेलाडी हुने छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट खेल सक्ने सहमति अनुसार बाँकी खेल हुने इडब्लुभीका प्रतियोगिता संयोजक जगदिश भट्टले‌ जानकारी दिए।

हरेक टोलीले मार्की, ७ खेलाडी अक्सन, १ खेलाडी ट्यालेन्ट हन्ट र ३ विदेशी खेलाडी लिएका थिए। ‘विदेशी खेलाडी पुनः ल्याउनका लागि केहि समय पनि लाग्ने देखियो ।

प्रतियोगिता अप्रत्याशित रोक्नु परेकोले यसलाई चाहिँ टुंगाउनु पर्छ भन्ने भयो, भट्टले भने,यहि अवस्थामा जसरी सकिन्छ सम्पन्न गरौं भन्ने भएपछि अघि बढेका हौं।’ इडब्लुभीमा ६ टोली सहभागी छन्। गत वर्ष कर्णालीले उपाधि जितेको थियो।

 

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.