default_image

4 weeks ago

November 12, 2025

ललितपुर क्विन्स पुछारको पोखरासँग पराजित

858 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ।

लगातार ३ खेल जितेको ललितपुरलाई अंक तालिकाको पुछारमा रहेको पोखरा निन्जाजले ३-० को सोझो सेटको हार चखायो। पोखराको यो पहिलो जित हो।

फाइनलमा पुग्ने संभावना समाप्त भैसकेको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ। ललितपुरसँग ४ खेलबाट ९ अंक बनाएको छ। सानदार प्रदर्शनका साथ लिगको सुरूवात गरेको ललितपुर विदेशी खेलाडी नहुँदा निकै कमजोर देखियो।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेटमा अघिसम्म अपराजित रहेको ललितपुर क्विन्सलाई पोखरा निन्जाजले दबाबमा राख्यो।

संगठित प्रदर्शन गरेको पोखराले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पार्यो। यसअघि लगातार ३ खेल जितेको ललितपुरले भने पहिलो पटक यो सिजन सेट गुमायो।

दोस्रो सेटमा पनि पोखराले पकड बनायो। १६-७ ले अघि बढ्दै ९ अंकको स्पष्ट अग्रता बनायो। यो सँगै बिना दबाब पोखराले दोस्रो सेट सहजै २५-१३ ले जित्यो। पोखराले २-० को अग्रता बनायो।

तेस्रो सेटमा पनि ललितपुर खेलमा फर्कन सकेन्।‌ निरिह ललितपुरलाई २५-२० ले माथ दिंदै पोखरा तेस्रो सेट आफ्नो पक्षमा पार्न सफल रहयो।

यसअघि आज भएको पहिलो खेलमा कर्णाली याशविस मधेश युनाइटेडलाई ३-० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ।

अब फाइनल पुग्ने होडमा काठमाडौं स्पाइकर्स र ललितपुर मध्ये एक टिम फाइनलमा पुग्नेछन्। काठमाडौंले फाइनलको संभावनालाई जिवितै राख्न अब बाँकी २ खेल जित्नुपर्नेछ।

ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ। यदि काठमाडौं कुनै एक खेलमा हारेको खण्डमा भने ललितपुर फाइनलमा पुग्नेछ।

भोलि हुने पहिलो खेलमा काठमाडौं र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ‌।‌

पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। त्यहिबाट आज इडब्लुभी सुरु भएको हो।

बाँकी खेलमा विदेशी खेलाडी छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट बाँकी खेल सक्ने सहमति इडब्लुभी पुनः सुरु गरिएको छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.