default_image

4 weeks ago

November 12, 2025

ललितपुर क्विन्स पुछारको पोखरासँग पराजित

865 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ।

लगातार ३ खेल जितेको ललितपुरलाई अंक तालिकाको पुछारमा रहेको पोखरा निन्जाजले ३-० को सोझो सेटको हार चखायो। पोखराको यो पहिलो जित हो।

फाइनलमा पुग्ने संभावना समाप्त भैसकेको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ। ललितपुरसँग ४ खेलबाट ९ अंक बनाएको छ। सानदार प्रदर्शनका साथ लिगको सुरूवात गरेको ललितपुर विदेशी खेलाडी नहुँदा निकै कमजोर देखियो।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेटमा अघिसम्म अपराजित रहेको ललितपुर क्विन्सलाई पोखरा निन्जाजले दबाबमा राख्यो।

संगठित प्रदर्शन गरेको पोखराले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पार्यो। यसअघि लगातार ३ खेल जितेको ललितपुरले भने पहिलो पटक यो सिजन सेट गुमायो।

दोस्रो सेटमा पनि पोखराले पकड बनायो। १६-७ ले अघि बढ्दै ९ अंकको स्पष्ट अग्रता बनायो। यो सँगै बिना दबाब पोखराले दोस्रो सेट सहजै २५-१३ ले जित्यो। पोखराले २-० को अग्रता बनायो।

तेस्रो सेटमा पनि ललितपुर खेलमा फर्कन सकेन्।‌ निरिह ललितपुरलाई २५-२० ले माथ दिंदै पोखरा तेस्रो सेट आफ्नो पक्षमा पार्न सफल रहयो।

यसअघि आज भएको पहिलो खेलमा कर्णाली याशविस मधेश युनाइटेडलाई ३-० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ।

अब फाइनल पुग्ने होडमा काठमाडौं स्पाइकर्स र ललितपुर मध्ये एक टिम फाइनलमा पुग्नेछन्। काठमाडौंले फाइनलको संभावनालाई जिवितै राख्न अब बाँकी २ खेल जित्नुपर्नेछ।

ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ। यदि काठमाडौं कुनै एक खेलमा हारेको खण्डमा भने ललितपुर फाइनलमा पुग्नेछ।

भोलि हुने पहिलो खेलमा काठमाडौं र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ‌।‌

पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। त्यहिबाट आज इडब्लुभी सुरु भएको हो।

बाँकी खेलमा विदेशी खेलाडी छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट बाँकी खेल सक्ने सहमति इडब्लुभी पुनः सुरु गरिएको छ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

Success

Thank you for your time.