default_image

3 weeks ago

November 13, 2025

लुम्बिनीले मधेशलाई हरायो

1110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले दोस्रो जित निकालेको छ। लुम्बिनीले मधेश युनाइटेडलाई ३-१ ले हरायो। लुम्बिनीको भने यो दोस्रो जित हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २४-२२ को अग्रता मधेशले जोगाउन सकेन। यो सेट लुम्बिनीले २८-३६ ले जित्दै १-० को अग्रता बनायो।

दोस्रो सेटमा भने मधेशले बाजी मार्यो। २५-२३ ले दोस्रो सेट जित्दै खेललाई १-१ को बराबरीमा पुर्याउन सफल रह्यो। तेस्रो सेटमा लुम्बिनीले लय समात्यो।

एकपक्षीय बनेको यो सेट २५-१४ ले जित्दै लुम्बिनीले खेलमा २-१ को अग्रता बनायो।चौथो सेट २५-१८ ले जित्दै लुम्बिनीले खेल ३-१ ले जित्न सफल रहयो।

यो जितमा लुम्बिनीले ६ अंक बनाएको छ। मधेशले ५ खेलमा ४ हार र १ जितमा ३ अंक सहित यो सिजन सकाएको छ।
यसअघि आज भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले पोखरा निन्जाजलाई ३-१ ले हरायो।

एक सेट गुमाएको काठमाडौंको पनि फाइनलमा पुग्ने संंभावना समाप्त भएको छ। कर्णाली र ललितपुरले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

भोलि काठमाडौं र लुम्बिनी तथा ललितपुर र कर्णालीबीच खरल हुनेछ। यो दुवै खेलको नतिजाले कुनै अर्थ राख्दैन।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.