1 month ago
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले दोस्रो जित निकालेको छ। लुम्बिनीले मधेश युनाइटेडलाई ३-१ ले हरायो। लुम्बिनीको भने यो दोस्रो जित हो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २४-२२ को अग्रता मधेशले जोगाउन सकेन। यो सेट लुम्बिनीले २८-३६ ले जित्दै १-० को अग्रता बनायो।
दोस्रो सेटमा भने मधेशले बाजी मार्यो। २५-२३ ले दोस्रो सेट जित्दै खेललाई १-१ को बराबरीमा पुर्याउन सफल रह्यो। तेस्रो सेटमा लुम्बिनीले लय समात्यो।
एकपक्षीय बनेको यो सेट २५-१४ ले जित्दै लुम्बिनीले खेलमा २-१ को अग्रता बनायो।चौथो सेट २५-१८ ले जित्दै लुम्बिनीले खेल ३-१ ले जित्न सफल रहयो।
यो जितमा लुम्बिनीले ६ अंक बनाएको छ। मधेशले ५ खेलमा ४ हार र १ जितमा ३ अंक सहित यो सिजन सकाएको छ।
यसअघि आज भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले पोखरा निन्जाजलाई ३-१ ले हरायो।
एक सेट गुमाएको काठमाडौंको पनि फाइनलमा पुग्ने संंभावना समाप्त भएको छ। कर्णाली र ललितपुरले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।
भोलि काठमाडौं र लुम्बिनी तथा ललितपुर र कर्णालीबीच खरल हुनेछ। यो दुवै खेलको नतिजाले कुनै अर्थ राख्दैन।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]