4 weeks ago
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल (इडब्लुभी) लिगको दोस्रो संस्करण आज सकिँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा साँझ ५ बजे सुरु हुने फाइनलमा अघिल्लो सिजनमा जस्तै कर्णाली यशविस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ।
अघिल्लो सिजनको फाइनलमा ललितपुरलाई हराउँदै कर्णाली च्याम्पियन बनेको थियो। यसपटक पनि कर्णाली नै मुख्य दाबेदार देखिएको छ। दुई चरणमा गरेर सम्पन्न हुन लागेको इडब्लुभीमा कर्णाली एक मात्र अपराजित टोली हो ।
कर्णाली र ललितपुर लिग चरणको हिजो भएको अन्तिम खेलमा पनि कर्णालीले ललितपुरलाई ३-१ ले हराएको थियो।
जेजी आन्दोलनका कारण यसपटक दुई चरणमा गरेर इडब्लुभी भएको हो ।
पोखरामा सुरु भएर ९ खेल सकिएपछि जेन आन्दोलन भयो, जसका कारण प्रतियोगिता स्थगित भयो । सबै ६ टोलीका समान ३ खेलाडी स्वदेश फर्किए।
अहिले दोस्रो चरण विदेशी खेलाडी विना नै भएको छ। त्यसैले स्थानीय खेलाडी कै बलमा आजको फाइनल जित्नुपर्ने हुन्छ। पोखरामा समान ३ खेल खेल्दा कर्णाली र ललितपुरको समान ९ अंक थियो।
काठमाडौं आएपछि ललितपुरले दुबै खेल गुमायो । कर्णालीसँग भन्दा अघि टोली पोखरा निन्जाजसँग पराजित भयो । कर्णालीले भने काठमाडौंमा पनि विजय यात्रालाई कायम राखेको छ।
यसअघिको प्रदर्शनलाई जारी राखे कर्णाली लगातार दोस्रो पटक च्याम्पियन बन्नेछ। यद्दपी सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुरले पनि फाइनलमा हरसम्भव प्रयास गर्नेछ। हिजोको खेलमा पनि ललितपुरले सहजै हार स्वीकार गरेन , कर्णालीलाई कडा चुनौती दिएको थियो।
पहिलो सेट कर्णालीलाई १७ मा रोकेको ललितपुरले २६-२४,२५-२३,२७-२५ ले गुमाएको थियो। त्यसैले आज टोलीले हिजो खेलमा भएको कमजोरीलाई सुधार्ने प्रयास गर्नेछ ।
सँगै न्यु डायमण्ड क्लबकी सहकर्मी सुमित्रा रेग्मी कर्णालीको कप्तान हुन्। पछिल्लो समय सुमित्रा भलिबलकी नयाँ स्टार हुन्। सलिना स्थापित खेलाडी हुन् । दुबैका गुरु कुमार राईले यसपटक पनि कर्णालीलाई प्रशिक्षण दिएका छन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]