3 weeks ago
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल (इडब्लुभी) लिगको दोस्रो संस्करण आज सकिँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा साँझ ५ बजे सुरु हुने फाइनलमा अघिल्लो सिजनमा जस्तै कर्णाली यशविस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ।
अघिल्लो सिजनको फाइनलमा ललितपुरलाई हराउँदै कर्णाली च्याम्पियन बनेको थियो। यसपटक पनि कर्णाली नै मुख्य दाबेदार देखिएको छ। दुई चरणमा गरेर सम्पन्न हुन लागेको इडब्लुभीमा कर्णाली एक मात्र अपराजित टोली हो ।
कर्णाली र ललितपुर लिग चरणको हिजो भएको अन्तिम खेलमा पनि कर्णालीले ललितपुरलाई ३-१ ले हराएको थियो।
जेजी आन्दोलनका कारण यसपटक दुई चरणमा गरेर इडब्लुभी भएको हो ।
पोखरामा सुरु भएर ९ खेल सकिएपछि जेन आन्दोलन भयो, जसका कारण प्रतियोगिता स्थगित भयो । सबै ६ टोलीका समान ३ खेलाडी स्वदेश फर्किए।
अहिले दोस्रो चरण विदेशी खेलाडी विना नै भएको छ। त्यसैले स्थानीय खेलाडी कै बलमा आजको फाइनल जित्नुपर्ने हुन्छ। पोखरामा समान ३ खेल खेल्दा कर्णाली र ललितपुरको समान ९ अंक थियो।
काठमाडौं आएपछि ललितपुरले दुबै खेल गुमायो । कर्णालीसँग भन्दा अघि टोली पोखरा निन्जाजसँग पराजित भयो । कर्णालीले भने काठमाडौंमा पनि विजय यात्रालाई कायम राखेको छ।
यसअघिको प्रदर्शनलाई जारी राखे कर्णाली लगातार दोस्रो पटक च्याम्पियन बन्नेछ। यद्दपी सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुरले पनि फाइनलमा हरसम्भव प्रयास गर्नेछ। हिजोको खेलमा पनि ललितपुरले सहजै हार स्वीकार गरेन , कर्णालीलाई कडा चुनौती दिएको थियो।
पहिलो सेट कर्णालीलाई १७ मा रोकेको ललितपुरले २६-२४,२५-२३,२७-२५ ले गुमाएको थियो। त्यसैले आज टोलीले हिजो खेलमा भएको कमजोरीलाई सुधार्ने प्रयास गर्नेछ ।
सँगै न्यु डायमण्ड क्लबकी सहकर्मी सुमित्रा रेग्मी कर्णालीको कप्तान हुन्। पछिल्लो समय सुमित्रा भलिबलकी नयाँ स्टार हुन्। सलिना स्थापित खेलाडी हुन् । दुबैका गुरु कुमार राईले यसपटक पनि कर्णालीलाई प्रशिक्षण दिएका छन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]