default_image

4 weeks ago

November 15, 2025

कर्णाली यशविस लगातार दोस्रो पटक च्याम्पियन

1388 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली यशविस लगातार दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) च्याम्पियन बन्न सफल भएको छ।‌

प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै कर्णाली उपाधि रक्षा गर्न सफल भएको हो। ललितपुर भने लगातार दोस्रो पटक फाइनलमा पराजित भयो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट निकै रोमाञ्चक बन्यो। सुरुवात कर्णालीले राम्रो गर्यो। पहिलो अंक ललितपुरले आफ्नो पक्षमा पार्यो। यसपछि नेबिका चौधरीको सर्भिसमा कर्णालीले लगातार ७ अंक जोड्यो। कर्णालीले ७-१ को अग्रता बनायो। तर यसपछि ललितपुरले खेललाई १३-१३ को बराबरीमा मात्र ल्यायो।

ललितपुरले २२-१८ को अग्रतामा पहिलो सेटको नजिक पुग्यो। तर ललितपुर फिनिसिङमा‌ नराम्रोसँग चुक्यो। कर्णालीले २६-२४ ले सानदार शैलीमा पहिलो सेट जित्यो।

दोस्रो सेटमा ललितपुरलाई निरिह बनाउँदै कर्णालीले एकपक्षीय दबाब बनायो। जोशना महतोको सर्भिसमा कर्णालीले लगातार पहिलो ५ अंक जोड्यो। ललितपुरले ६-६ को बराबरी सम्म पुर्यायो। तर यसपछि ललितपुरले निराशाजनक प्रदर्शन गर्यो। सहजै २५-१७ ले दोस्रो सेट जितेर खेलमा कर्णालीले २-० को स्पष्ट अग्रता बनायो।

२-० को सेटमा पछि परेको ललितपुरलाई उपाधि जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प थिएन। जहाँ ललितपुरले यो सेटमा भने लय समात्यो। १८-१३ को अग्रता बनाएपछि लगातार ७ अंक जोड्दै यो सेट २५-१३ ले सहजै आफ्नो पक्षमा पार्न सफल रहयो। खेललाई २-१ मा पुर्याउँदै ललितपुरले खेलमा फर्कने संकेत देखायो।

त्यसपछि चौथो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ ललितपुरले १२-७ को अग्रता बनाइसकेको थियो। तर कर्णाली खेलमा फर्कने प्रयासमा थियो। ५ अंकको अग्रता गुमाउँदा ललितपुर १७-१५ को स्थितिमा पुग्दा खेल रोमाञ्चक बनेको थियो। त्यसपछि भने कर्णालीलाई १७ अंकमा रोक्न ललितपुर सफल रहयो। २५-१७ ले चौथो सेट जित्दै खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्याउन ललितपुर सफल रहयो।

पाँचौ तथा निर्णायक सेटमा ललितपुरले पहिलो अंक जोड्यो। त्यसपछि नेभिकाको सर्भिसमा कर्णालीले लगातार ८ अंक जोड्यो। कर्णाली उपाधितर्फ अगाडि बढ्यो। पहिलो दुई सेट गुमाएर खेलमा फर्केको ललितपुर निर्णायक सेटमा निरिह बन्यो। १५-८ ले पाँचौ सेट जित्दै कर्णाली च्याम्पियन बन्यो।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.