default_image

3 weeks ago

November 15, 2025

कर्णाली यशविस लगातार दोस्रो पटक च्याम्पियन

1372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली यशविस लगातार दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) च्याम्पियन बन्न सफल भएको छ।‌

प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै कर्णाली उपाधि रक्षा गर्न सफल भएको हो। ललितपुर भने लगातार दोस्रो पटक फाइनलमा पराजित भयो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट निकै रोमाञ्चक बन्यो। सुरुवात कर्णालीले राम्रो गर्यो। पहिलो अंक ललितपुरले आफ्नो पक्षमा पार्यो। यसपछि नेबिका चौधरीको सर्भिसमा कर्णालीले लगातार ७ अंक जोड्यो। कर्णालीले ७-१ को अग्रता बनायो। तर यसपछि ललितपुरले खेललाई १३-१३ को बराबरीमा मात्र ल्यायो।

ललितपुरले २२-१८ को अग्रतामा पहिलो सेटको नजिक पुग्यो। तर ललितपुर फिनिसिङमा‌ नराम्रोसँग चुक्यो। कर्णालीले २६-२४ ले सानदार शैलीमा पहिलो सेट जित्यो।

दोस्रो सेटमा ललितपुरलाई निरिह बनाउँदै कर्णालीले एकपक्षीय दबाब बनायो। जोशना महतोको सर्भिसमा कर्णालीले लगातार पहिलो ५ अंक जोड्यो। ललितपुरले ६-६ को बराबरी सम्म पुर्यायो। तर यसपछि ललितपुरले निराशाजनक प्रदर्शन गर्यो। सहजै २५-१७ ले दोस्रो सेट जितेर खेलमा कर्णालीले २-० को स्पष्ट अग्रता बनायो।

२-० को सेटमा पछि परेको ललितपुरलाई उपाधि जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प थिएन। जहाँ ललितपुरले यो सेटमा भने लय समात्यो। १८-१३ को अग्रता बनाएपछि लगातार ७ अंक जोड्दै यो सेट २५-१३ ले सहजै आफ्नो पक्षमा पार्न सफल रहयो। खेललाई २-१ मा पुर्याउँदै ललितपुरले खेलमा फर्कने संकेत देखायो।

त्यसपछि चौथो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ ललितपुरले १२-७ को अग्रता बनाइसकेको थियो। तर कर्णाली खेलमा फर्कने प्रयासमा थियो। ५ अंकको अग्रता गुमाउँदा ललितपुर १७-१५ को स्थितिमा पुग्दा खेल रोमाञ्चक बनेको थियो। त्यसपछि भने कर्णालीलाई १७ अंकमा रोक्न ललितपुर सफल रहयो। २५-१७ ले चौथो सेट जित्दै खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्याउन ललितपुर सफल रहयो।

पाँचौ तथा निर्णायक सेटमा ललितपुरले पहिलो अंक जोड्यो। त्यसपछि नेभिकाको सर्भिसमा कर्णालीले लगातार ८ अंक जोड्यो। कर्णाली उपाधितर्फ अगाडि बढ्यो। पहिलो दुई सेट गुमाएर खेलमा फर्केको ललितपुर निर्णायक सेटमा निरिह बन्यो। १५-८ ले पाँचौ सेट जित्दै कर्णाली च्याम्पियन बन्यो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.