4 weeks ago
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली यशविसकी सुमित्रा रेग्मी एभरेष्ट महिला भलिबल (इडब्डुभी) प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।
सुमित्रा मार्की रहेको कर्णालीले लगातार दोस्रो पटक इडब्लुभीको उपाधि जितेको हो। दोस्रो पटक पनि कर्णालीले फाइनल ललितपुर क्विन्सलाई ३-२ ले च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा कर्णाली २६-२४,२५-१७,१३-२५,१७-२५,१५-८ ले विजयी भएको थियो।
लगातार दोस्रो पटक टोलीलाई च्याम्पियन बनाएका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए। उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर उत्कृष्ट घोषित भइन् । लुम्बिनी लाभाजकी अरुणा शाहीले उत्कृष्ट सेटरको अवार्ड जितिन्।
दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर,संगम महतो उत्कृष्ट ब्लकर, तेस्रो भएको काठमाडौं स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्टाइकर चुनिइन् ।
दोस्रो इडब्लुभीमा उत्कृष्ट
सर्वोत्कृष्ट खेलाडी – सुमित्रा रेग्मी (कर्णाली यशविस)
उत्कृष्ट सर्भर – साफिया पुन (कर्णाली यशविस)
उत्कृष्ट डिफेन्डर – सलिना श्रेष्ठ (ललितपुर क्विन्स)
उत्कृष्ट सेटर – अरुणा शाही (लुम्बिनी लाभाज)
उत्कृष्ट ब्लकर – संगम महतो (ललितपुर क्विन्स)
उत्कृष्ट स्पाइकर – उषा भण्डारी (काठमाडौं स्पाइकर्स)
उत्कृष्ट प्रशिक्षक – कुमार राई (कर्णाली यशविस)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]