default_image

3 weeks ago

November 15, 2025

कर्णाली यशविसकी सुमित्रा इडब्लुभीकी सर्वोत्कृष्ट

2696 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली यशविसकी सुमित्रा रेग्मी एभरेष्ट महिला भलिबल (इडब्डुभी) प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

सुमित्रा मार्की रहेको कर्णालीले लगातार दोस्रो पटक इडब्लुभीको उपाधि जितेको हो। दोस्रो पटक पनि कर्णालीले फाइनल ललितपुर क्विन्सलाई ३-२ ले च्याम्पियन बनेको हो ‌।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा कर्णाली २६-२४,२५-१७,१३-२५,१७-२५,१५-८ ले विजयी भएको थियो।

लगातार दोस्रो पटक टोलीलाई च्याम्पियन बनाएका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए। उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर उत्कृष्ट घोषित भइन् । लुम्बिनी लाभाजकी अरुणा शाहीले उत्कृष्ट सेटरको अवार्ड जितिन्।

दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर,संगम महतो उत्कृष्ट ब्लकर, तेस्रो भएको काठमाडौं स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्टाइकर चुनिइन् ।

दोस्रो इडब्लुभीमा उत्कृष्ट
सर्वोत्कृष्ट खेलाडी – सुमित्रा रेग्मी (कर्णाली यशविस)
उत्कृष्ट सर्भर – साफिया पुन (कर्णाली यशविस)
उत्कृष्ट डिफेन्डर – सलिना श्रेष्ठ (ललितपुर क्विन्स)
उत्कृष्ट सेटर – अरुणा शाही (लुम्बिनी लाभाज)
उत्कृष्ट ब्लकर – संगम महतो (ललितपुर क्विन्स)
उत्कृष्ट स्पाइकर – उषा भण्डारी (काठमाडौं स्पाइकर्स)
उत्कृष्ट प्रशिक्षक – कुमार राई (कर्णाली यशविस)

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.