3 weeks ago
November 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा बुधवार मिश्रित नतिजा निकालेको छ ।
नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो।
ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको ।
त्यसअघि हिजैकै खेलमा नेपालले पोल्याण्ड टोलीमाथि ६३-२५ को सानदार जित निकालेको थियो।
नेपालले पहिलो खेलमा भने खेलमा जन्जिबारलाई ५८–१६ ले पराजित गरेको थियोे। नेपालले आज केन्यासँग खेल्नेछ।
३ खेलपछि नेपाल ४ अंकसहित समूहको दोस्रो स्थानमा छ। ३ खेल जितेको इरान शीर्ष स्थानमा र दुबै खेल जितेको चाइनिज ताइपे तेस्रो, जन्जिबार चौथो, केन्या पाँचौं र पोल्याण्ड छैंटौं स्थानमा छ। अर्को समूहमा भारत शीर्ष र बंगलादेश दोस्रो स्थानमा छ।



December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]