default_image

3 weeks ago

November 20, 2025

महिला कबड्डी विश्वकपमा नेपालको मिश्रित नतिजा

1017 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा बुधवार मिश्रित नतिजा निकालेको छ ‌।

नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो।

ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको ।

त्यसअघि हिजैकै खेलमा नेपालले पोल्याण्ड टोलीमाथि ६३-२५ को सानदार जित निकालेको थियो।

नेपालले पहिलो खेलमा भने खेलमा जन्जिबारलाई ५८–१६ ले पराजित गरेको थियोे। नेपालले आज केन्यासँग खेल्नेछ।

३ खेलपछि नेपाल ४ अंकसहित समूहको दोस्रो स्थानमा छ। ३ खेल जितेको इरान शीर्ष स्थानमा र दुबै खेल जितेको चाइनिज ताइपे तेस्रो, जन्जिबार चौथो, केन्या पाँचौं र पोल्याण्ड छैंटौं स्थानमा छ। अर्को समूहमा भारत शीर्ष र बंगलादेश दोस्रो स्थानमा छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.