3 weeks ago
November 21, 2025
हिमाल खरेल, बिर्तामोड
झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३ विभागीयसहितका क्लबहरुको सहभागिता रहनेछ ।
आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने सल्लाहकार संयोजक वीरबहादुर राईले बताए ।
प्रतियोगितामा नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड, एभरेस्ट लुम्बिनी र कोशी प्रदेशको टिमले लिग तथा नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् । प्रतियोगिताका लागि २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
पत्रकार सम्मेलनमा अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले प्रतियोगितालाई नगर गौरवका रुपमा लिएको बताए । उनले चाँडै नगरपालिकाभित्र रंगशाला निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले प्रतियागिताको प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]