default_image

2 weeks ago

November 21, 2025

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

1385 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३ विभागीयसहितका क्लबहरुको सहभागिता रहनेछ ।

आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने सल्लाहकार संयोजक वीरबहादुर राईले बताए ।

प्रतियोगितामा नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड, एभरेस्ट लुम्बिनी र कोशी प्रदेशको टिमले लिग तथा नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् । प्रतियोगिताका लागि २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले प्रतियोगितालाई नगर गौरवका रुपमा लिएको बताए । उनले चाँडै नगरपालिकाभित्र रंगशाला निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले प्रतियागिताको प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.