default_image

7 years ago

June 27, 2017

नेपालले १३ औं साग आयोजकबाट नाम फिर्ता लिनुपर्दछ !

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) साच्चै खेलाडीका विषयमा चिन्तित छन् भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारीबाट नाम फिर्ता लिन अब ढिला गर्नु हुँदैन । २ वटा प्रष्ट कारणले गर्दा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारीबाट मुक्त हुन उपयुक्त देखिन्छ । पहिलो आयोजनाको जिम्मेवारी पाएको डेढ बर्ष […]

50 views

0 Bookmark

फेयर-प्ले

प्रकाश तिमल्सिना


काठमाडौं – सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) साच्चै खेलाडीका विषयमा चिन्तित छन् भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारीबाट नाम फिर्ता लिन अब ढिला गर्नु हुँदैन । २ वटा प्रष्ट कारणले गर्दा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारीबाट मुक्त हुन उपयुक्त देखिन्छ । पहिलो आयोजनाको जिम्मेवारी पाएको डेढ बर्ष वितिसक्दा पनि सागलाई लक्षित गरेर भौतिक पूर्वाधार निर्माणको काम ठोस रुपमा अघि बढेको छैन । अर्को एनओसीको वैद्यानिकता सम्बन्धि आन्तरिक विवाद उत्कर्षमा छ ।

मुख्यतः यी दुई कारणले पनि नेपाल सन् २०१९ मार्च का लागि तय भएको १३ औं साग आयोजनाका लागि तयार छैन । नाम फिर्ता लिने सुन्दा त्यति मिठो लाग्दैन तर, त्यसले २०१९ मै अर्को राष्ट्रमा आयोजना गर्न सक्ने सम्भावनाको ढोका भने खोल्नेछ । यसै पनि साग छिमेकी दुई राष्ट्र भारत र पाकिस्तानको सम्बन्धका आधारमा पटक पटक प्रभावित भइसकेको इतिहास छ ।

हरेक दुई बर्षमा आयोजना गर्ने उद्देश्यका साथ साग सन् १९८४ मा काठमाडौंबाट सुरु भएको थियो । तर, पछिल्लो ३३ बर्षमा साग अहिले सम्म १२ पटक मात्र आयोजना गर्न सम्भव भयो । अब फेरी नेपाल साग प्रभावित पार्ने अर्को कारण बन्नु हुँदैन । समय नजिकिदै गर्दा भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएका कारणले नेपालले आयोजना गर्न सकेन भन्ने बदनामी हुनु अघि नै खेलकुदका सम्बन्धित निकायले वास्तविकतालाई आत्मसात जति छिटो गर्न सक्यो त्यतिनै राम्रो हुन्छ ।

केही बर्ष ढिला भएपनि १३ औं साग नेपालमै हुनुपर्दछ भन्ने अड्डी सरकार वा एनओसीले लिने हो भने त्यसले अहिले सागलाई लक्षित गरेर तयारी जुटेका खेलाडीमाथि ठूलो अन्याय हुनेछ । नेपाली खेलकुद विवादको कुनै आयु नहोला, तर खेलाडीको खेल जीवनको आयु हुन्छ । यसै त समय सापेक्ष प्रशिक्षण, उपयुक्त खानपान र अन्य सुविधा राम्रो नपाएका खेलाडीलाई समयमा खेल्न नपाउँदा त्यसले खेललाई जीवन मान्ने खेलाडीलाई थप निराश बनाउने खतरा रहन्छ । सरकार र एनओसीलाई भन्दा खेलाडीका लागि साग निकै अर्थपूर्ण छ ।

नेपाली खेलाडीका लागि साग नै अन्तर्राष्ट्रिय पदक जित्ने सबै भन्दा बढी सम्भावना भएको खेल मेला हो । एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा एउटा कास्य पदकमा चित्त बुझाएर फर्केको नेपालका लागि ओलम्पिक सहभागिता फगत औपचारिकता मात्रै हो । आफुलाई खेलकुदका मसिहा ठान्नेहरुले एकपटक ती खेलाडीको भावना बुझ्दा हुन्छ , साग उनीहरुको खेल जीवनमा कत्ति महत्वपूर्ण छ ।

साग खेलाडीका लागि जति अर्थपूर्ण छ सायद सरकार र एनओसीका लागि त्यति नहुन सक्छ । सरकार र एनओसीका लागि २०१९ को सट्टा २०२० वा त्यो भन्दा पछि हुँदा पनि हामीले ठूलै काम गर्यौ भन्ने होला तर २०१९ का लागि उपयुक्त हुने खेलाडी त्यसपछि छनोट नै नहुन पनि सक्दछ । कतिपय सिनियर खेलाडी सन्यास लिने अवस्था पुग्नसक्छन् ।

१३ औं सागका लागि तयारी गरिरहेका र त्यसमा भाग लिने पाउने सम्भावना भएका खेलाडीको भावनाको कदर स्वरुप पनि नेपालले आयोजनाको एकोहोरो रट लगाउन छोड्नुपर्दछ । नेपालले आयोजनाको दाबी गरिरहेका पाकिस्तान वा श्रीलंकालाई आयोजनाका लागि बाटो खोल्दिनुपर्दछ । अहिले १३ औं सागका लागि भने जति पनि योजना बनाइएका छन् ती योजनालाई सुरु गर्ने हो भने फेरी १४ औं साग आयोजनाको जिम्मेवारी नेपालले पाउनेछ ।

साग जसरी पनि गर्ने होइन, अन्तर्राष्ट्रिय मापदण्ड र कम्तीमा दक्षिण एसियाली देशमा नेपाली खेलकुदको सकारात्मक सन्देश जाने गरि आयोजना गरिनुपर्दछ । र ती बन्ने नयाँ संरचनाले नेपाली खेलकुद र खेलाडीले लामो समय फाइदा उठान सक्ने खालको हुनुपर्दछ ।

नेपालका तुलनामा खेलकुदका भौतिक पूर्वाधारले धनी श्रीलंका वा पाकिस्तानलाई साग आयोजना खासै कठिन विषय होइन । पछिल्लो पटक पाकिस्तानले २००४ र श्रीलंकाले २००६ मा साग आयोजना गरेको थियो । नेपालले भने १९९९ मा आठौं साग आयोजना गरेको थियो । त्यति बेला दशरथ रंगशालाको पूर्ननिर्माणसँग सातदोबाटोमा नयाँ संरचना निर्माण गरिएको थियो । यसै जिर्ण रंगशाला दुई बर्षअघिको भूकम्पले थप क्षतिग्रस्त भएको थियो ।

स्थानिय निर्वाचनमा होमिएको सरकारले माघ भित्र प्रदेश र संसदीय निर्वाचन गर्नुपर्नेछ । हुन त भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचनले असर नगर्नुपर्ने हो तर हाम्रो देशमा काम गर्ने शैली हेर्दा त्यसले प्रभाव पार्दैन भन्न सकिन्न । अहिले कै अवस्था जारी रहने हो भने नेपालले आउने १ बर्षमा नयाँ संरचनाको कुरै छाडौं पुरानै संरचनाको मर्मत गर्न पनि कठिन छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वाधार निर्माण शाखा प्रमुख अरुण उपाध्याय भनाई मान्ने हो भने पनि अहिलेकै गतिमा दशरथ रंगशाला पूर्न निर्माणका लागि कम्तीमा २ बर्ष लाग्न सक्छ । १३ औं सागलाई लक्षित गरेर निर्माण गर्ने भनिएको पोखरा रंगशालाको प्रक्रिया ढिला गतिमा अघि बढेको छ । रंगशालाको डिपिआर पास गरेर टेन्डर आह्वान गर्दा दशै अघि निर्माण प्रक्रिया अघि बढ्ने छाट छैन ।

थलिएको दशरथ रंगशाला

टालटुले हिसाबले साग गर्नु भन्दा चार बर्ष कुरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेर आयोजना गर्नु नेपाली खेलकुदको भविष्यका लागि पनि उपयुक्त हुन्छ । आफ्नै पालामा गराइ छाड्ने एनओसी पदाधिकारी, राखेप पदाधिकारीको लिडेढिपीमा होइन वास्तविक धरातलका आधारमा रहेर खेलकुदका विषयमा निर्णय लिइनुपर्दछ ।

योजना र त्यस अनुसारको कार्यान्वयनका आधारमा नेपालले साग गर्न नसक्ने अनुमान गर्ने हो, नकी कसैका रहर वा भाषणका भरमा । पदाधिकारीका लागि साग आयोजना रहर मात्र हुन सक्छ तर खेलाडीका लागि उनीहरुको जीवन र भविष्यसँग जोडिएको सवाल हो । खेलाडीको जीवनमाथि खेलवाड गर्ने अधिकारी कुनै पदाधिकारी हुदैन, हुनुहुँदैन ।

२०७२ को फागुन पहिलो साता भारतमा १२ औं सागको समापनका दौरान तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं साग आयोजनाको झन्डा ग्रहण गरेर फर्केका थिए । उनीपछि झन्डै १० महिना दलजित श्रीपालीले मन्त्रालयको नेतृत्व गरे । उनले पनि आफ्नो कार्यकाल भर साग आयोजनाको विषयमा चर्चा गर्न छाडेनन् तर आफु मातहतको निकायलाई त्यस अनुरुप क्रियासिल बनाउन सकेनन् । राखेप सदस्य सचिवले सातौं राष्ट्रिय खेलकुदपछि पुरै शक्ति साग आयोजना लगाइने भनेको पनि धेरै वितिसक्यो ।

फोटो: पिजे क्लब

अहिले खेलकुद मन्त्री छैनन् । अहिलेकै अवस्था हेर्दा पनि मन्त्री नियुक्त हुन यो महिनाको अन्तिम वा अर्को महिनासम्म कुर्नुपर्ने हुन्छ । अब आउने मन्त्रीलाई १३ औं सागका विषयमा जानकारी दिएर उनले त्यसमा कति चासो राख्नु हुन्, एनओसीको विवादका विषयमा उनको भूमिका के हुने हो अहिले अनुमान मात्र गर्न सकिन्छ, यकिन भन्न सकिन्न । भौतिक पूर्वाधार निर्माण जति चुनौतिपूर्ण छ एनओसी विवादको समाधान नेपालका लागि त्यत्तिकै पेचिलो छ ।

२०६७ मा सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वय गरेको भन्दै रुक्म शमसेर राणा नेतृत्वको एनओसीले यति बेला सातदोबाटोको भवन प्रयोग गरिरहेको छ । तर, खेलकुदजगतलाई राम्ररी थाहा छ, राणा नेतृत्वको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता छैन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको श्रेष्ठ नेतृत्वको एनओसी अहिले आफैले निर्माण गरेको भवनमा बस्न पाइरहेको छैन । श्रेष्ठ नेतृत्वको एनओसीले अहिले देश भित्र काम गर्ने परिस्थित छैन ।

केही साताअघि श्रेष्ठसहितको टोलीले भुटान पुगेर १३ औं सागमा २५ खेल राख्ने सहमति गरेर आएका छन् । तर, राणा एनओसीले लेखेको पत्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा चर्चाको विषय बन्यो र सहभागी अन्य राष्ट्रका प्रतिनिधिले १३ औं साग आयोजनाका विषयमा शंका व्यक्त गरे ।

भौतिक पूर्वाधार निर्माणको ग्यारेन्टी नगरी र खेलकुदका तत्कालिन समस्याका हल नखोजी १३ औं साग आयोजनाको रटान लगाउनुको कुनै अर्थ छैन । सरकार, राखेप र एनओसीका अधिकारी संयुक्त रुपमा बैठक बसेर पूर्व निर्धारित समयमा साग आयोजनाको सम्भावना छैन भन्ने निर्णय गर्दै अर्को राष्ट्रलाई आयोजना गर्ने बाटो खोलि दिनु उपयुक्त हुन्छ । तर, अहिले १३ औं सागका लागि भने लक्षित गरेर गर्न लागिएको निर्माण कार्यलाई भने तीब्रताका साथ अघि बढाउने प्रतिबद्धता पनि सँगसँगै गर्न सके त्यो नेपाली खेलकुदका हितमा हुनेछ ।

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.