default_image

7 years ago

August 4, 2017

खेलकुद मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौँ (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुद र खेलाडीको हितका विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडी संघका पदाधिकारीहरुले शुक्रबार खेलकुद मन्त्री केसीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी बधाइ दिनुका साथै ध्यानाकर्षण पत्र पनि बुझाएको हो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्री केसीलाई पत्र बुझाए । […]

22 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुद र खेलाडीको हितका विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडी संघका पदाधिकारीहरुले शुक्रबार खेलकुद मन्त्री केसीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी बधाइ दिनुका साथै ध्यानाकर्षण पत्र पनि बुझाएको हो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्री केसीलाई पत्र बुझाए ।

मन्त्री केसीलाई (बायाँ) ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष दिपक थापा र निवर्तमान अध्यक्ष दिपक विष्ट। (दायाँ)

संघले खेलाडी जीवनपछि आर्थिक कठिनाईबाट गुज्रिनु पर्ने अवस्थालाई न्युनिकरण गर्न खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) को व्यवस्था गर्नु पर्ने, अन्तर्राष्ट्रिय पदक जितेको प्रतियोगितालाई वर्गिकरण गरी नियमित रुपमा कति भत्ताका रुपमा उपलब्ध गराउने हो भन्नेमा व्यापक अध्ययन/अनुशन्धान गरी नीति बनाउनु पर्नेमा जोड दिएको छ।

त्यस्तै नयाँ पुस्तका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकलाई पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बोध गराउन सरकारले नीति ल्याउनु पर्नेमा संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ। स्थानियदेखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी सो परिचय पत्रको आधारमा विभिन्न क्षेत्रमा निश्चित सहुलियतको व्यवस्था गर्नु पर्नेतर्फ मन्त्री केसीलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै खेल जीवनपछि पनि खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाउन नीतिगत पहल गर्नुपर्ने तथा निर्धारित समयमा दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतियोगिता नहुँदा प्रत्येक संस्करणमा एउटा पुस्ता नै पलायन हुने खतरा भएकाले १३ औं सागको तयारी तत्काल सुरु गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो ।

पत्र बुझेपछि मन्त्री केसीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका विषयमा के गर्न सकिन्छ भन्नेमा खेलाडी र सरोकारवालासंग बसेर छलफल गर्ने बताउदै संघले दिएको सुझावले केहि त परिवर्तन आयो है भन्ने बोध गराउने प्रतिबद्धता व्यक्त गरे ।

default_image

April 24, 2024

पुलिसकी पुनमलाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा बुधबार सुरु भएको सातौं केएनपी नेरोलेग महिला भलिबल प्रतियोगिताको उद्घाटनका दौरान पुनमलाई सम्मान गरिएको हो । प्रतिष्ठानकी संरक्षक गमली खड्का, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल […]

April 24, 2024

दिनेश र भुवन संयुक्तरुपमा शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २– अन्डर १ सय ३४ सहित सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधबार संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको काठमाडौं ओपनमा दिनेश आज ४–अन्डर ६४ को […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.