8 years ago
September 7, 2017
पेरिस (एजेन्सी)- भर्खर सकिएको ट्रान्सफर सत्रको अन्तिम दिनमा मोनाकोबाट पिएसजी पुगेका बाप्पेले नेयमारलाई बालेन डी‘ओर जित्न सघाउने इच्छा रहेको बताएका छन् । नेयमार पनि यसै ट्रान्सफर सत्रमा बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी आएका हुन ।
बुधबार मात्र पिएसजीमा अभ्यास सुरु गरेका बाप्पेले उनको बालेन डी‘ओर को आकांक्षा बारे सोधिएको प्रश्नमा नेयमारलाई उक्त उपाधि जित्न सघाउने इच्छा रहेको बताएका थिए ।
उनले भने,’ मेरो टोलीमा म भन्दा अगाडि नै उक्त उपाधिको हकदार खेलाडी छन् र नेयमारलाई बालेन डी‘ओर जिताउन चाहान्छु। म व्यक्तिगत रुपमा पनि धेरै गोल गर्दै उनि सँग मिलेर क्लबलाई धेरै उपाधि जिताउन चाहान्छु।’
बुधबार नेयमार र बप्पे अभ्यास सत्रमा जिस्कदै हाँसो साटी रहेका थिए। पिएसजीले नेयमार भित्राउन २२२ मिलियन युरो खर्च गरेको थियो भने यस सत्रको लागि मोनाकोबाट लोनमा भित्राएको बाप्पेलाई अर्को वर्ष १८० मिलियन युरो तिर्न तयार भएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]