default_image

8 years ago

December 15, 2017

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको स्वीकृति

143 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् ।

आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्‍याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति चाहिने छ । इपिएलले आवश्यकताहरु पूरा गरी सो विवरण आइसीसीलाई बुझाएपछि प्रतियोगिताले स्वीकृति पाएको हो ।

आइसीसीका सिनियर सञ्चालन प्रबन्धक क्लाइब हिचककले बिहिबार इपीएललाई अनुमति सहित ई-मेल पठाएका हुन् । इपिएलले स्वीकृति फि २० हजार अमेरिकी डलर बुझाउनु पर्ने छ जुन नेपालकै क्रिकेट क्षेत्रको विकासमा सदुपयोग गरिने छ ।

यो स्वीकृति यस वर्षको प्रतियोगिताको लागि मात्र हो । यस निर्णयसँगै नेपालको कुनै पनि घरेलु प्रतियोगिताले आइसीसीको स्वीकृति पाएको यो पहिलो पटक हो ।

इपिएलले यो आफूलाई मात्र नभई लाखौं क्रिकेट प्रशंसकहरुका लागि खुसीको कुरा रहेको बताए । इपिएलले सबै प्रशंसक, खेलाडि र मिडियालाई निरन्तर साथको लागि धन्यवाद पनि दिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.