7 years ago
August 18, 2018
दिपक न्यौपाने
जकार्ता – हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ । इन्डोनेसियाले दोस्रो पटक एसियाडको आयोजना गर्न लागेको हो । यस अघि इन्डोनेसियाले सन् १९६२ मा एसियाडको आयोजना गरेको थियो ।

१९५१ देखि सुरु भएको एसियाडको १९ औं संस्करण चीनले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । चीनले यसअघि २०१० मा पनि आयोजना गरेको थियो । उद्घाटनमा कलाकारहरुले प्रस्तुती दिने बताइएको छ । जसमा ठूलो संख्यामा कलाकारहरुको सहभागिता रहने बताइएको छ ।
नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
नेपालले २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाडका ४५ देशका खेलाडीले उद्घाटन समारोहमा मार्चपास गर्नेछन् । मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन् । २००६ मा श्रीलंकामा भएको १० औं सागमा उनले स्वर्ण जितेका थिए । भारोत्तोलनमा सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन् ।
नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ । जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ । त्यो पदक विधान लामाले दिलाएका थिए । २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् । उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन् ।

नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल हो । यद्दपी पछिल्लो दुई संस्करणमा भने तेक्वान्दो खाली हात फर्केको छ । चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो । चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए । यसपटक कुन खेलले नेपालको इज्जत राख्ने वा निराश भएर फर्कन पर्ने हो त्यसका लागि अब केहि दिन प्रतिक्षा गर्नुपर्ने छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]