default_image

7 years ago

August 23, 2018

एसियाड आर्चरी : तिलक विजयी, ज्ञानु र रोशन पराजित

123 views

0 Bookmark

दीपक न्यौपाने

जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा  ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन्  ।

पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६-० ले  पराजित गरे । पहिलो सेट २७-२५ ले जितेका तिलकले दोस्रो सेटमा २६-२५ को जित हात पारेका थिए । तेस्रो सेटमा २९-२३ को जित दर्ता गर्दै तिलक अर्को चरणमा प्रवेश गरेका हुन् । छनोटमा ६ सय ४१ अंक जोड्दै ३७ औं स्थान हासिल गरेका तिलकले राम्रो प्रदर्शन गरे । उनले अब क्वाटरफाइनल प्रवेशका लागि चीनका जु तियान्युको सामना गर्नेछन् ।

सोहि स्पर्धामा अर्का खेलाडी रोशन नगरकोटीले श्रीलंकाली खेलाडी सजीव डा सिल्भासँग ६-० ले पराजित भए । श्रीलंकाली खेलाडी २७-२४, २८-२४, २७-२५ ले विजयी हुँदै प्रि-क्वाटरफाइनल पुगेका छन् । सजीवले अब चाइनिज ताइपेइका वेई चुङहेङको सामना गर्नेछन् ।

ज्ञानु हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् । पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब हुँदा ज्ञानु २६-२१ ले विजयी रहिन् । चौह्तो सेटमा लामले पुन लय समातिन र ज्ञानु २८-२३ ले पछि पर्दै खेल गुमाउन पुगिन् ।

यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेर एलिमिनेसन चरणको लागि छनोट भएकी थिइन् । छनोटमा ६८ खेलाडीले सहभागिता जनाएका थिए । ज्ञानुलाई पराजित गरेकी लामले अब चाइनिज ताइपेइकी तान याटिङको सामना गर्नेछिन् ।

नेपालबाट असिम शेरचन र मिनप्रसाद गौचनले छनोट चरण पार गर्न सकेका थिएनन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.