त्रिभुवन आर्मी क्लब विरुद्ध एनआईबीएल फ्रेन्ड्स क्लब
प्रत्यक्ष प्रसारण
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
त्रिभुवन आर्मी क्लबले पल्सर ए डिभिजन लिगमा पछिल्लो समय सुखद नतिजा हात पार्दै आएको छ । पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २-२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार ४ खेलमा जित हात पारेको छ । पहिलो खेलमा राष्ट्रिय टोलीका तीन फरवार्ड, कप्तान भरत खवास, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्कीको साथ पाएको आर्मीले आज हुने फ्रेन्ड्सविरुद्धको खेलमा तीनै खेलाडीको साथ पाउने छैन ।
पहिलो खेलपछि जर्जप्रिन्स आर्मीको सैन्य प्रशिक्षणका लागि बाहिर छन् । नवयुग पनि दोस्रो खेलपछि कुर्कुच्चामा चोट बोक्दै पछिल्लो तीन खेलमा सहभागी रहेका छैनन् । पछिल्लो खेलमा लिगको दोस्रो पहेंलो कार्ड पाएपछि कप्तान भरत खवास पनि फ्रेन्ड्सविरुद्ध उपलब्ध रहने छैनन् ।
युवा फरवार्ड दिनेश हेन्जन र दिप लामाले आर्मीको अग्रपंक्ति सम्हाल्नेछन् । आर्मीले लिगको ५ खेलमा ११ गोल गरिसकेको छ । फ्रेन्ड्सले पनि ५ खेलमा ७ गोल गरेको छ ।