काठमाडौं (हाम्रो खेलकुद) – विंगर विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेसँगै हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यू रोड टिम (एनआरटी) विरुद्ध १-० को अग्रता लिएको छ ।
विश्वासले एकल प्रयासमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रको बायाँभागबाट गरेको प्रहार गोलरक्षक अजित प्रजापतिलाई बिट गर्दै पोस्टमा छिरेको थियो । त्यसअघि पनि विश्वासले गरेको सोहि किसिमको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।
३० औं मिनेटमा शेर्पाका ड्याडी वाम्बाको शक्तिशाली प्रहार पोस्टभन्दा बाहिर जाँदा ४२ औं मिनेटमा कर्ण लिम्बूको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसअघि २७ औं मिनेटमा एनआरटीका बालगोपाल साहुखलको हेडर पनि बाहिरिएको थियो ।
खेलको तस्बिर: