7 years ago
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारीसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप र सावित्रासँगै भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र बडिबिल्डिङका महेश्वर महर्जन छन् ।
२०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जानकारी दिएको छ ।
यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ । एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ । चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ ।
सन्दीप लामिछाने (क्रिकेट)
–नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका मुख्य पात्र
–नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली प्रदर्शन
–क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस पेट्रियट्सका लागि ७ विकेट लिन सफल
– विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा आधार तयार पार्दै विश्वब्यापी चर्चा बटुल्न सफल
– आइपिएल, पाकिस्तानी सुपर लिग, अस्ट्रेलियन बिग बास र बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन
– एकै वर्ष ट्वान्टी–ट्वान्टीमा ५० विकेट लिने विश्वका थोरैमध्येका एक खेलाडी
–राष्ट्रिय टोलीले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्दाका प्रमुख खेलाडी
–आईसीसी वल्र्ड ट्वान्टी–ट्वान्टी एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल
–नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी ।
प्रिन्स दाहाल (ब्याडमिन्टन)
–दुबई जुनियर इन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक
फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउँदै कीर्तिमान
–उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
–प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक
–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक
–अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
–जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य
–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण
–प्रथम दुर्गादेवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
–१५औं कृष्णमोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
सावित्रा भण्डारी (फुटबल)
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै वर्षभर चर्चित
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता बन्न सफल
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
–प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो चरण पार)
रेश्मा भण्डारी (भलिबल)
–एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा विशेष भूमिका
–केएनपी राष्ट्रिय भलिबल प्रतियोगितामा विजेता
–एनभीए राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–सभामुख कप राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–लामाचौर तीज राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–आधिअवाधि एभिएल राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा उपविजेता
–२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता विजेता
–दोस्रो न्यु डायमन्ड कप महिला भलिबल विजेता
–ढोरपाटन राष्ट्रिय महिला च्याम्पियनसिप विजेता
– छैटौं आईजीपी कप राष्ट्रिय खुला भलिबलको उपाधि सहित उत्कृष्ट खेलाडी
–केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित
महेश्वर महर्जन (शारीरिक सुगठन)
–२०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी
–थाइल्यान्डको च्याङमाईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपको पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल
– १५औं राष्ट्रिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपमा ओभरअलमा उपविजेता
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]