default_image

5 years ago

June 13, 2019

‘न्यू डायमन्डले खेल सिकायो, एपीएफले खेलाडी बनायो’ – रेश्मा

प्रकाश तिमल्सिना, काठमाडौं नेपालको भलिबल पछ्याउनेका लागि एपिएफकी रेश्मा भण्डारी नयाँ नाम होइनन् । घरेलु भलिबलमा लगभग एकछत्र राज गर्दै आएको एपिएफको महिला भलिबल टोलीकी नियमित र महत्त्वपूर्ण सदस्य हुन् रेश्मा । उनी राष्ट्रिय महिला भलिबल टोलीकी पनि सदस्य हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेपछि […]

69 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपालको भलिबल पछ्याउनेका लागि एपिएफकी रेश्मा भण्डारी नयाँ नाम होइनन् । घरेलु भलिबलमा लगभग एकछत्र राज गर्दै आएको एपिएफको महिला भलिबल टोलीकी नियमित र महत्त्वपूर्ण सदस्य हुन् रेश्मा । उनी राष्ट्रिय महिला भलिबल टोलीकी पनि सदस्य हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेपछि उनको चर्चा थप चुलिएको छ । भन्छिन्,‘ भलिबललाई माया गर्नेहरु धेरैले शुभकामना दिनुभएको छ । विदेशमा रहनेहरुले कसरी भोट गर्न सकिन्छ भनेर सोध्नु हुन्छ ।’
पिपुल्स च्वाइस अवार्डमा भलिबलका खेलाडी नियमित रुपमा पर्दै आएका छन् । सबैभन्दा बढी अवार्ड जित्नेमा पनि भलिबल खेलाडी नै छन् ।’

भलिबलकी मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकार, सरस्वती चौधरीले यो अवार्ड जितिसकेका छन् । प्रतिभा माली र मानबहादुर श्रेष्ठ पनि यसअघि यो अवार्डको मनोनयमा परिसकेका छन् । त्यसैको निरन्तरताका रुपमा लिएकी रेश्मा अवार्ड जित्न कठिन हुने बताउँछिन् । ‘सबै आ-आफ्नो खेलमा एक सय एक खेलाडी हुन् । सफल र चर्चित पनि ,’ उनले हाम्रो खेलकुद डटकमसँग भनिन्,‘ सायद म सबैभन्दा कमजोर हुन सक्छु ।’

रेश्मासँग एपिएफकी फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सन्दीप लामिछाने र ब्याडमिन्टनका प्रिन्स दाहाल यसपटक पिपुल्स च्वाईस अवार्डको प्रतिस्पर्धामा छन् । अवार्डको लागि मनोनयनमै पर्नु आफ्ना लागि महत्वपूर्ण भएको रेश्मा बताउँछिन् । ‘अवार्ड जित्ने एउटा खेलाडीको हातमा मात्र छैन । भोटिङका आधारमा विजेताको टुंगो लाग्ने भएकोले त्यस खेलाडीले चाहेर मात्र हुने होइन ,’ उनले थपिन्,‘राष्ट्रिय खेलबाट यसपटक म अवार्डको मनोनयमा परेको छु । यो मेरो लागि र भलिबल खेलाडीकै लागि गर्वको विषय हो भन्ने ठानेको छु । स्पोर्टस अवार्ड नेपाली खेलाडीहरुका लागि सबैभन्दा ठूलो अवार्ड हो । यसको मनोनयमा पर्नु हरेक खेलाडीको सपना हुन्छ ।’

घरेलु भलिबलका अधिकांश प्रतियोगिता जित्ने एपिएफकी महत्वपूर्ण सदस्य रेश्माको भलिबल यात्रा भने महिला भलिबल खेलाडीको उत्पादन थलो न्यू डायमन्ड एकेडेमी नै हो । रेश्मा न्यू डायमण्डकी पहिलो ब्याचकी खेलाडी हुन् । ‘म न्यू डायमण्ड पढ्थे । त्यहिबाट मेरो पनि भलिबल खेलाडीको जीवन सुरु भएको हो,’ उनले स्मरण गरिन् ,‘ कुमार (राई) सरले नै मलाई सुरुमा भलिबल सिकाउनु भएको हो ।’ एकेडेमीबाट स्कुल स्तरीय भलिबल खेल्दै अघि बढेकी रेश्माको खेल जीवनले २०६९ सालमा एपिएफ प्रवेश गरेसँगै गति लिएको थियो । भलिबल उनका लागि नशा जस्तै भइसकेको छ ।

एपिएफले उपाधि जित्दा धेरैजसो फाइनलमा न्यू डायमन्डकै टोलीको सामना गर्नुपर्ने हुन्छ । रेश्मा भन्छिन्, ‘आफुले सिकेको ठाँउको माया त लाग्छ । अरु टिमसँग खेल्दा न्यू डायमन्ड जितोस् भन्ने लाग्छ । एपिएफसँग खेल्ने बेलामा भने म न्यू डायमन्डबाट खेलेको थिए भन्ने विर्सन्छु । एउटा व्यवासायिक खेलाडीको धर्म पहिलो हाफ्नो क्लबलाई जित्नुनै हो ।’

हरेक खेलाडी सफलतामा रमाउँछ । स्वभाविक छ असफलतामा दुःखी हुन्छ । एपिएफले महिला भलिबलमा धेरै दुःखी हुनु परेको छैन । तर, खेल्ने समयमा दर्शकको समर्थन भने खासै पाउँदैन । ‘सायद हामी विभागिय भएर होला । धेरै समर्थन पाउँदैनौं,’ उनले थपिन्,‘ तर कोर्टमा गइसकेपछि हामी त्यो सबै विर्सन्छौं र खेलमा केन्द्रित हुन्छौं ।’

नियमित अभ्यास र खेलाडीबीचको आपसी समझदारीले एपिएफ लगातार घरेलु भलिबलमा सफल भएको उनको विश्वास छ । ‘हामी कोर्टमा सबैले एकअर्कालाई सर्पोट गरेर खेल्छौं । खेलमा सधै एकनास हुँदैन । कहिले कसको कहिले कस्को खेल विग्रन सक्छ,’ उनी भन्छिन्,‘ त्यस्तो बेला एकअर्कालाई हौसला र साथ रहेको अनुभुत गराउनुपर्दछ । त्यसले हामी फेरि टोलीको लय फर्काउन सक्छौं । रिसाएर हैन, हौसला र साथले सफलता मिल्छ ।’

पछिल्लो समय शेरबहादुर स्मृति प्रष्ठिानले आयोजना गरेको केएनपी भलिबलमा आर्मीसँगको लिग चरणको खेल रोमाञ्चक लागेको र फाइनल अघिको दबाब उनी सम्झन्छिन् । ‘लिगमा आर्मीले हामीलाई कडा टक्कर दिएको थियो । त्यो दिन उनीहरुले राम्रो खेले । पछि हामीले ३–२ ले खेल जितेपछि आर्मीको प्रदर्शन प्रशंसायोग्य थियो,’ उनले भन्छिन्,‘ हामी अत्तालिएनौं र संयमता अपनाइराख्यौं । एकले अर्कालाई सहयोग गरेर खेल्यौं । त्यसले सफलता मिल्यो ।’

त्यहि खेलका कारण धेरैले फाइनलमा आर्मीले जित्ने अनुमान गरेको उनले बिर्सेकी छैनन् । ‘पत्रपत्रिका र अनलाईनले धेरै फाइनल आर्मीले जित्ने अनुमान गरे । त्यसले हामीलाई एक खालको मनोवैज्ञानिक दबाब पनि थियो । आर्मीले उसकै कोर्ट भएकाले हामीलाई हराउने अनुमान पनि हुनसक्छ,’ उनले सम्झिइन्,‘हामीले फाइनल अघि फाइनलको वातावरणको अनुमान पनि लगाएका थियौैं । हामीले अरु कुरामा ध्यान नदिने आफ्नो खेल खेल्ने सल्लाह गर्यौं । दर्शकको घुइचो थियो । हामीले समर्थन पाउने त कुरै थिएन । तर, हामीले आफ्नो खेल खेल्यौं र अन्तमा ३–० ले जित्यौं । अहिले पनि त्यो समय सम्झना आनन्द लाग्छ ।’ उक्त खेलमा एपीएफको ब्यान्ड टोलीले गरेको विशेष समर्थन नै टोलीको हौसला बढाउने कडी रहेको उनले थपिन् ।

उनी आफुजस्तै धेरै खेलाडी विभागमा रहेकै कारण खेल जीवनलाई निरन्तरता दिन सफल भएको ठान्छिन् । ‘सायद म एपिएफमा हुने थिइन भने खेल जीवनलाई अघि बढाउन सक्थिन हो । यहाँको अनुशासन र नियमति अभ्यासले नै मलाई खेलमा लागि रहन प्रेरणा मिल्छ,’ उनले थपिन्,‘ यदि एपिएफ, आर्मी र पुलिसले यसरी खेलाडीलाई क्लबमा आबद्ध नगराउने हो भने नेपालको खेलको शून्यमा जान सक्दछ । प्रदेशले खेलकुदमा लगानी गर्न सकेको छैन । विभाग विनाको नेपालको खेलकुद कल्पना गर्न सकिन्न।’

रेश्मा भलिबलमा आफ्नो करिअर बनाउन खोज्ने सबै भावी पुस्तालाई मिहिनेत गर्न नछोड्न सुझाव दिन्छिन् । ‘हारले नै जितसम्म पुर्याउने हो । कसैले पनि सुरुवातदेखि जितेको हैन । एउटा लक्ष्य राखेर लगातार प्रयास जारि राख्नुपर्छ । मेरो आफ्नो कुरा भन्नुपर्दा विद्यालय स्तरमा ०,१ स्कोरमा पनि पराजित भएका छौं । हारेर नै जितसम्म पुग्ने कारण थाहा हुन्छ । हार नै जितको आधार हो,’ उनले टुंग्याइन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

Success

Thank you for your time.