default_image

6 years ago

June 19, 2019

‘नेपाल आउँदा उत्साहित छु’ – भलिबल प्रशिक्षक एबिङ

272 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय भलिबल टोलीको नवनियुक्त प्रशिक्षक हान एबीङ नेपाल आइपुगेका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्ड्सका एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो ।

उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ । उनी नेपाल रहँदाको तलब एफआइबीभीले बेहोर्नेछ । उनले नेपालमै साउन अन्तिम साता आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपसम्म नेपालको टोलीलाई सम्हाल्नेछन् ।

नेपाल आएपछि हाम्रो खेलकुदले हानसँग लिएको अन्तर्वार्ता :

नेपालमा यहाँलाई स्वागत छ, नेपाल आउँदा कस्तो लागिरहेको छ ?
सुरुवातमै तपाईं पत्रकार र संघका पदाधिकारीबाट एकदम राम्रो स्वागत पाएँ । आशा छ यो अन्तिम हुने छैन । म यहाँ सेन्ट्रल जोन भलिबलसम्म झन्डै १०-११ साता बस्नेछु । यो समय फलदायी हुनेमा आशावादी छु । मसँगै तपाईं पत्रकारहरुको समय पनि राम्रो नै होला, हामी प्रशिक्षक, संघ र समग्र खेललाई अगाडी लग्न नै संचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ । अब टोलीलाई भेट्न निकै उत्साहित छु । मैले केहि खेलाडीलाई युट्युबमा पनि हेरें । नेपाललाई प्रशिक्षण दिइसकेका डच प्रशिक्षक म्याट र लेस्लीसँग पनि केहि छलफल गरेको छु । अब आफैं टोलीलाई हेर्न चाहन्छु ।

नेपाली भलिबलबारे केहि थाहा छ ?
लेस्ली र म्याटसंगै डच भलिबल संघका पिटरले पनि नेपाली भलिबलबारे जानकारी दिएका छन् । एसियाडको केहि खेल पनि हेरें । मैले नेपाल भलिबलबारे थाहा नभएको धेरै कुरा जान्न बाँकि नै छ ।

विश्व भलिबलमा २५ वर्षको अनुभव रहेको छ । नेपाली टोलीमा के हेर्नुहुन्छ, नतिजा कि प्रदर्शन ?
सबैभन्दा पहिला त खेलाडीहरु हेर्न बाँकी छ । उनीहरुले अहिले कस्तो प्रशिक्षण गरेका छन् त्यो बुझ्नुछ । त्यसपछि मात्र मैले यसको उत्तर दिन सक्षम हुनेछु ।

सेन्ट्रल जोन भलिबलको विपक्षी टोलीबारे केहि थाहा छ ?
मैले भर्खर प्रशिक्षकसँग पनि यहि कुरा गरिरहेको थिएँ । मैले बंगलादेश, तुर्कमेनिस्तान जस्ता राष्ट्रबारे वहाँसँग जानकारी लिनेछु । यी देश नेदरल्यान्ड्ससंग नजिक छैनन् त्यसैले खासै जानकारी छैन । आशा छ हामीले राम्रो तयारी गरेर उनीहरु यहाँ आएपछि अझ बुझ्नेछौं ।

नेपाल रोज्नुको कारण के हो ?
मैले नेपालको प्रशिक्षण सम्हालिसकेका म्याट र लेस्लीसंग छलफल गरें । पीटरले पनि प्रस्ताव राखेपछि यहाँ आउने निर्णय गरें । नेपाल भलिबल मन पराउने देश हो । नेपाल हिमाल र प्राकृतिक सौन्दर्यको लागि प्रख्यात छ र यहाँको वातावरण पनि राम्रो छ । यो सबै अनुभूति गर्न पनि चाहना हो ।

प्रशिक्षणमा २५ वर्ष लामो प्रशिक्षण अनुभव बटुलिसकेको ५८ वर्षीय हान ७ वर्षभन्दा १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षक रहेका थिए । २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको मुख्य प्रशिक्षक रहेका उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए ।

सन् २००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्याण्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए । २०१५ देखि २०१६ सम्म एक बर्ष स्विट्जरल्याण्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुल भलिबलको प्रशिक्षक रहेका थिए ।

नेपाल भलिबल संघले सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष र महिलामा समान २५–२५ खेलाडीको प्रारम्भिक टोली सम्मिलित छनोट गरिसकेको छ । हानले आजैदेखि प्रशिक्षण थाल्नेछन् ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.