default_image

4 years ago

August 9, 2020

प्रशिक्षक थापालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको र आज (आइतबार) स्वास्थ्य मन्त्रालयबाट कोरोना पोजेटिभ देखिएको भन्दै फोन आएको प्रशिक्षक थापाले जानकारी गराए ।

स्क्वासले केही दिनयता, आफ्ना सदस्यहरुका लागि प्रशिक्षण तथा खेल्न कोर्ट खुल्ला गरेको थियो । अहिले स्क्वास हल पुर्ण रुपमा बन्द गरिएको छ । खेल्ने क्रममा नै असहज अनुभव भएपछि संघका उपाध्यक्ष मनोज बहादुर श्रेष्ठले कोरोना परिक्षण गराउदा पोजेटिभ आएको र त्यसपछि ८–१० जनाको परिक्षण गर्दा आफ्नो मात्रै पोजेटिभ आएको प्रशिक्षक थापाले जानकारी गराए ।

प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा क्वारेन्टिनमा बसिरहेको र कोरोना पोजिटिभ देखिएपनि थापाले आफ्नो स्वास्थ्य सामान्य रहेको र आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताएका छन् । प्रशिक्षक थापा ६० सालयता राखेप अन्तर्गत स्क्वासको प्रशिक्षक रहेका छन् ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.