default_image

3 years ago

December 1, 2020

अष्ट्रेलियालाई भारतमाथि क्लिनस्विपको अवसर

एजेन्सी – घरेलु टोली अष्ट्रेलियालाई भारतमाथि ३५ वर्षपछि ओडिआई क्रिकेटमा क्लिनस्विप गर्ने अवसर छ । तीन ओडिआई खेलमा सुरुवाती दुवै खेल जित्दै अष्ट्रेलियाले सिरिज जितेको छ । पहिलो खेलमा भारत ६६ रन र दोस्रो ५१ रनले पराजित हुँदै सिरिज गुमाई सकेको छ । तेस्रो ओडिआई खेल नेपाली समय अनुसार बुधबार बिहान ९ : २५ पछि […]

60 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियालाई भारतमाथि ३५ वर्षपछि ओडिआई क्रिकेटमा क्लिनस्विप गर्ने अवसर छ । तीन ओडिआई खेलमा सुरुवाती दुवै खेल जित्दै अष्ट्रेलियाले सिरिज जितेको छ ।

पहिलो खेलमा भारत ६६ रन र दोस्रो ५१ रनले पराजित हुँदै सिरिज गुमाई सकेको छ । तेस्रो ओडिआई खेल नेपाली समय अनुसार बुधबार बिहान ९ : २५ पछि मानुका ओभल क्यानबेरामा हुने छ । सुरुवाती दुवै खेल हारेको भारत अन्तिम खेल जित्दै क्लिनस्विपबाट बच्न चाहन्छ । अष्ट्रेलियालाई घरेलु मैदानमा भारतमाथि ओडिआई सिरिजमा ३५ वर्षपछि क्लिनस्विप गर्ने अवसर छ ।

अष्ट्रेलियाले सन् १९८४/८५ मा भारत भ्रमणमा पाँच ओडिआई सिरिज ३–० ले जित्दै क्लिनस्विप गरेको थियो । त्यसयता अष्ट्रेलियाले ओडिआई सिरिजमा भारतमाथि क्लिनस्विप गर्न सकेको छैन । सन् १९८४ मा अष्ट्रेलिया पहिलो खेलमा ४८ रनले विजयी हुँदा दोस्रो र तेस्रो खेल वर्षाको कारण स्थगित भएका थिए । चौथो खेलमा ७ विकेट र पाँचौ तथा अन्तिम छैटौं विकेटले जितेको थियो । उक्त सिरिजमा अष्ट्रेलिया किम ह्यूजेस र भारतको सुनिल गावस्कार कप्तानी गरेका थिए ।

तेस्रो खेलमा भारतलाई बलिङमा सबैभन्दा बढी सुधार गर्नुपर्ने हुन्छ । मानुका ओभल ब्याटिङ उपयोगी मैदान मानिन्छ । सिड्नी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाउँदा दोस्रो खेलमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराहले दुवै खेलमा कमजोर प्रर्दशन गरेका छन् । दुवै खेलमा खराब प्रर्दशन गरेका तीव्र गतिका बलर नवदीप सैनी र स्पिनर युजभेन्द्र चहललाई भारतले तेस्रो खेलमा बेन्चमा राख्ने सम्भावना छ ।

नवदीपको स्थानमा युवा तीव्र गतिका बलर टि नटराजनलाई डेब्यु गराउन सक्छ । नटराजन योर्करका लागि माहिर डेर्थ ओभर स्पेलिष्ट बलर हुन् । चहलको स्थानमा कुलदीपको सम्भावना छ । सुरुवाती दुबै खेलमा कमजोर ओपनिङ सुरुवात गरेको भारतले शिखर धवन र लोकेश राहुलका साथ ओपनिङ गराउन सक्छ ।

मयंक अग्रवालको स्थानमा मनिष पान्डेलाई मौका दिन सक्छ । कप्तान विराट कोहलीको उच्च प्रर्दशन विना भारतको जितको सम्भावना कठिन देखिन्छ । विशेष गरेर शीर्षक्रमका तीन ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ ।

यता अष्ट्रेलियाले कम्तीमा टोलीमा दुई परिवर्तन गर्ने छ । ओपनर डेभिड वार्नरको स्थानमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई डेब्यू गराउन सक्छ । ग्रिनले घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका छन् । दोस्रो खेलमा घाईते भएका ओपनर वार्नर टेष्ट खेलमा टोलीमा फर्किने आशा गरिएको छ । आरोन फिन्च र मार्नस लाबुसेनले ओपनिङ गर्ने सम्भावना छ ।

सुरुवाती दुवै खेलमा ६२ बलमा शतक प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ चुनिएका स्टिभ स्मिथ भारतलाई पुनः घातक बन्न सक्छन् । ग्लेन म्याक्सवेलको लयलाई रोक्न भारतीय बलरलाई सहज हुने छैन । विश्राम दिएका तीव्र गतिका बलर प्याट कमिन्सको स्थानमा सेन एबोटलाई मौका दिन सक्ने सम्भावना छ । जोश हेजलबुड र स्पिनर एमड जाम्पा भारतलाई घातक बन्न सक्छन् ।

मानुका ओभल पनि ब्याटिङ उपयोगी मानिन्छ । पहिला टस जित्ने टोलीले ब्याटिङ रोज्ने छन् । पछिल्ला चारै खेलमा पहिला ब्याटिङ गर्ने टोलीले मानुका सजिलै ३ सय ५० माथिको योगफल बनाएका छन् । अष्ट्रेलियाले सिड्नीमा दुबै खेलमा पहिला ब्याटिङ गर्दै विशाल योगफल बनाएको थियो ।

तेस्रो खेलमा पराजित भएमा भारतले ओडिआई सिरिजमा लगातार दुई क्लिनस्विप बेर्होर्ने छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डसँगको तीन ओडिआई सिरिज पनि ३–० ले हार बेहोेको थियो । जनु विराट कोहलीले कप्तानी समालेपछि पछिल्लो तीन वर्षयताकै खराब प्रर्दशन हो ।

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

Success

Thank you for your time.