default_image

3 years ago

January 26, 2021

एनएनआइपिए स्पोर्टस अवार्ड फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले एनएनआइपिए स्पोर्टस अवार्डको यस पटकको संस्करण फागुन ८ गते मध्यपुर ठिमी नगरपालिकामा आयोजना गर्ने भएको छ । मध्यपुर ठिमी स्थानिय आयोजकका रुपमा रहने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मध्यपुर ठिमी नगरपालिकाले गर्नेछ । अवार्ड दुई पोखरीमा हुनेछ । यसअघि भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानिय निकायको […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले एनएनआइपिए स्पोर्टस अवार्डको यस पटकको संस्करण फागुन ८ गते मध्यपुर ठिमी नगरपालिकामा आयोजना गर्ने भएको छ ।

मध्यपुर ठिमी स्थानिय आयोजकका रुपमा रहने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मध्यपुर ठिमी नगरपालिकाले गर्नेछ । अवार्ड दुई पोखरीमा हुनेछ । यसअघि भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानिय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको संघले गतवर्षनै यसबारे घोषणा गरेको थियो ।

अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ । उक्त विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।

एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसपटकको अवार्डमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडी समेटिएको छ । सागमा समावेश २६ खेलका भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दि इयर अवार्ड प्रदान गरिनेछ ।

सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुद फोटो पत्रकार लाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ । संघको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका लागि एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समितिले चयन गर्नेछ । समितिमा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सदस्यका रुपमा रहेका छन् ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

Success

Thank you for your time.