default_image

3 years ago

March 25, 2021

नेपालको सुरुवाती रोजाइ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत किर्गिस्तान यू-२३ विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसघि नै घोषणा गरे अनुरुप किरण चेम्जोङको कप्तानीमा नेपालले मिडफिल्डमा बढी जोड दिँदै किर्गिस्तानविरुद्ध उत्रँदैछ । कप्तान किरणले गोलरक्षण सम्हाल्दा रोहित चन्द लामो समयपछि राष्ट्रिय टोलीको डिफेन्समा देखिँदैछन् । उनलाई सेन्टर डिफेन्समा अनन्त तामाङले […]

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत किर्गिस्तान यू-२३ विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसघि नै घोषणा गरे अनुरुप किरण चेम्जोङको कप्तानीमा नेपालले मिडफिल्डमा बढी जोड दिँदै किर्गिस्तानविरुद्ध उत्रँदैछ ।

कप्तान किरणले गोलरक्षण सम्हाल्दा रोहित चन्द लामो समयपछि राष्ट्रिय टोलीको डिफेन्समा देखिँदैछन् । उनलाई सेन्टर डिफेन्समा अनन्त तामाङले साथ दिनेछन् । राइट ब्याकमा दीनेश राजवंशी तथा लेफ्ट डिफेन्स रञ्‍जित धिमालले सम्हाल्नेछन् ।

मिडफिल्डमा तेज तामाङ र सन्जोग राईले सेन्टर मिडफिल्ड सम्हाल्दैछन् । आक्रामक मिडफिल्डमा अन्जन विष्ट, त्रिदेव गुरुङ र रवी पासवनले खेल्नेछन् । एकल फरवार्डका रुपमा अभिषेक रिजालले खेल्दैछन् । प्रशिक्षक महर्जनले खेलको पूर्वसन्ध्यामा अन्जनले आक्रमणमा पनि खेल्न सक्ने बताएका थिए । त्यसैले अन्जनलाई दोस्रो फरवार्डका रुपमा पनि प्रयोग गर्न सक्नेछन् ।

सुरुवाती ११ : किरण चेम्जोङ (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, रञ्‍जित धिमाल, सन्जोग राई, तेज तामाङ, अन्जन विष्ट, रवि पासवान, त्रिदेव गुरुङ, अभिषेक रिजाल

२३ सदस्यीय नेपाली टोली :

गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज  महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड – अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.