default_image

3 years ago

April 14, 2021

आइपिएलमा बेंगलोर र हैदराबाद भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि चेन्नईमा हुँदै छ । बेंगलोरले लगातार दोस्रो जित चाहन्छ । हैदराबाद पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा बेंगलोरले साविक विजेजा मुम्बई इन्डियन्सलाई २ विकेटले […]

47 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि चेन्नईमा हुँदै छ । बेंगलोरले लगातार दोस्रो जित चाहन्छ । हैदराबाद पहिलो जितको खोजीमा हुने छ ।

पहिलो खेलमा बेंगलोरले साविक विजेजा मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । १ सय ६० रनको विजयी लक्ष्य बेंगलोरले अन्तिम बलमा पूरा गरेको थियो । विराट कोहली, एवि डिभिलिर्स र ग्लेन म्याक्सवेल प्रमुख ब्याटिङ हतियार हुन् । हैदराबादविरुद्ध युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले पूनरागमन गर्ने सम्भावा छ ।

एबी डि भिलियर्स र विराट कोहली ।


कोरोना संक्रमणबाट मुक्त भएपनि पहिलो खेलमा पाडिक्कल बेन्चमा बसेका थिए । विराट र वासिन्टन सुन्दरले ओपनिङ गरेका थिए । हैदराबादविरुद्ध डि भिलियर्स ४८ र ग्लेन म्याक्सवेल ३९ रनमा आउट भएका थिए । तल्लोक्रमका ब्याट्सम्यानलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । पहिलो खेलमा हर्षल पटेलले ५ विकेट लिएका थिए । काइल जामिसन, मोहम्मद सिराज र युजभेन्द्र चहललाई उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ ।


हैदाराबाद पहिलो खेलमा कोलकातासँग १ सय ८८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १ सय ७७ रनमा रोकिएको थियो । हैदराबादका जोनी बेयरस्टोले ५५ र मनिष पाण्डेले ६१ रनको योगदान दिएपनि अन्यले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । कप्तान डेविड वार्नरलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । ऋद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान विराट सिंहलाई मौका दिनसक्छ । टि नटराजन र भुवनेश्वर कुमार प्रमुख तीव्र गतिका बलर हुन् । स्पिनर राशिद खानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । मोहम्मद नाबीको ठाउँमा जेसन होल्डरलाई मौका दिन सक्छ ।

हेड टु हेडमा यी दुई टोलीबीच १८ खेल हुँदा हैदराबाद १० र बेंगलोर ७ खेलमा विजयी भएको छ । एक खेल नतिजा विहिन छ । पछिल्लो पाँच खेलमा तीन खेलमा हैदराबाद विजयी भएको छ । गत सिजनका तीन खेल मध्य दुई खेलमा बेंगलोर हैदराबादसँग पराजित भएको थियो

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

Success

Thank you for your time.