default_image

3 years ago

June 29, 2021

फ्रान्स र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा

एजेन्सी – विश्वकप विजेता फ्रान्स र स्विट्जरल्यान्डबीच जारी युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेल अतिरिक्त समयमा लम्बिएको छ । पहिलो हाफमा पछि परेको फ्रान्सले एक समय ३-१ को अग्रता लिएपनि स्विट्जरल्यान्डले अन्तिम समयमा खेल ३-३ को बराबरीमा ल्याएपछि अतिरिक्त समयको खेल हुने भएको हो । पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस […]

32 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता फ्रान्स र स्विट्जरल्यान्डबीच जारी युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेल अतिरिक्त समयमा लम्बिएको छ । पहिलो हाफमा पछि परेको फ्रान्सले एक समय ३-१ को अग्रता लिएपनि स्विट्जरल्यान्डले अन्तिम समयमा खेल ३-३ को बराबरीमा ल्याएपछि अतिरिक्त समयको खेल हुने भएको हो ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।

बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । अन्तिम समयमा ग्राभानोभिचले गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए ।

खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डले सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई उनले हेडरमार्फत बटम कर्नरमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले हेडरको प्रयास गर्न नसक्दा सेफेरोभिचको हेडरमा गोलरक्षक ह्युगो लोरिसको डाइभ व्यर्थ भएको थियो ।

२६ औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो । उक्त रिबाउन्डमा एम्बाप्पेको शक्तिशाली प्रहार पनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २९ औं मिनेटमा एड्रिएन राबिओटको प्रहार पनि बाहिरिंदा स्विट्जरल्यान्डको अग्रता जोगिएको थियो ।

३१ औं मिनेटमा ब्रील एम्बोलोको प्रहारले गोलरक्षक लोरिसलाई समस्या दिन सकेन । ४१ औं मिनेटमा कप्तान ग्रानिट झाकाको पासलाई एम्बोलोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो । ४२ औं मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासियो ।

दोस्रो हाफमा फ्रान्सले लेंगलेटको स्थानमा किंग्सले कोमानलाई मैदान पठाउँदै आक्रामक परिवर्तन गरेको थियो । तर ५५ औं मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै भीएआरले पेनाल्टी दियो । रिकार्डो रोड्रीग्वेजले प्रहार गरेको पेनाल्टीलाई कप्तान लोरिसले विफल पार्दै फ्रान्सलाई खेलमा कायम राखे । रोड्रीग्वेजले गरेको प्रहारलाई लोरिसले आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।

पेनाल्टीमा चुकेको २ मिनेट नबित्दै स्विट्जरल्यान्डले गोल खान पुग्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण र फिनिसको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । उनले किलीयन एमबाप्पेले आफ्नो पछाडीबाट दिएको पासलाई उत्कृष्ट ढंगले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गरेका थिए ।

बराबरी गरेको दुई मिनेटपछि बेन्जेमाले नै फ्रान्सलाई अग्रता दिलाए । एमबाप्पेको पासमा एन्टोइन ग्रिजमनले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकलाई चिप गरेका थिए । उक्त चिपलाई बेन्जेमाले गोललाइन नजिकबाट हेडरमार्फत गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । अघिल्लो गोलमा देखिएको एमबाप्पे, बेन्जेमा र ग्रिजमन बीचको साझेदारी यस गोलमा पनि निर्णायक बनेको थियो ।

६६ औं मिनेटमा सेफेरोभिचले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेनन् । फ्रिकिकमा उनले आफ्नो डिफेन्स मार्करलाई पछि पार्दै वन भर्सेस वनको स्थितिमा बललाई प्रहार गर्नबाट चुके । ७५ औं मिनेटमा पल पोग्बाले विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट पोग्बाले गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । गोलरक्षक यान सोमरले डाइभ दिएपनि उक्त बलसम्म पुग्न सकेनन् ।

८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै स्विस टोली खेलमा फर्कने संकेत दिए । केभिन एम्बाबुको क्रसमा सेफेरोभिचले हेडरमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याएका थिए । त्यसको २ मिनेटमा नै मारियो गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन् ।

तर निर्धारित समयको अन्तिम मिनेटमा स्विट्जरल्यान्डले गाभ्रनोभिचको गोलमा खेल बराबर गर्न सफल रहयो । ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन् । अर्को तर्फ इन्ज्युरी समयको चौथो मिनेटमा कोमानले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा फ्रान्स जितबाट बन्चित भएको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । स्पेनले यसअघि भएको खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको थियो । पूरा पढ्नुहोस : क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

Success

Thank you for your time.