4 years ago
July 9, 2021
मोहन घले, जापान
टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास सुरु गरेका छन् । एयरपोर्टमा कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि तोकुशिमा आएर नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह( एलेक्स ) लेतोकुशिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भव्य स्वागत गरिएकोमा गौरिका सिंहले तोकुशिमाबासि सहित जापानलाई आभार व्यक्त गरेकी छिन् । नेपाली खेलाडीलाई तोकपशिमा वासिले नेपाली पोषक सहित भव्य स्वागत गरेका थिए । पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाईको महशुस नगरेको एनएचकेले जानकारी दिदै, नेपाली खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रसारण गरेको छ ।
एनओसी र तोकुशिमा प्रान्तबीच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमति पछि जापानको वातवरण मिलाउन दुवै खेलाडीलाई दुई हप्ता अगाडी नै अभ्यासका लागि तोकुशिमा आएका हुन् । टोकियो ओलम्पिकमा गौरिका र एलेक्स दुवैले १ सय फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्नेछन् ।
गौरिकाले डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ४ वटा स्वर्ण पदक जितेकी थिइन् । बेलायत बसोबास गर्दै आएकी उनी त्यहिबाट जापान गएकी थिइन् ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]