default_image

4 years ago

July 13, 2021

ओलम्पिकमा ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

650 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा हुने टोकियो २०२० ओलम्पिकका लागि नेपालबाट ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका छन् । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्यमा भने पदाधिकारी रहेका छन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै ओलम्पिकले तयारी पूरा बारे जानकारी दिएको हो ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदैछ । यसपल्टको टोकियो ओलम्पिक नेपाल सहभागी १४ औं संस्करण हुनेछ । सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिकसका सरस्वति चौधरी रहेका छन् ।

गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्नु हुनेछ । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतिले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल छन् । उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंहले नेपाली झण्डा बोकेर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो । अहिलेसम्मको नेपालको ओलम्पिक सहभागिता इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको ओलम्पिकले जनाएको छ । तयारी कोरोना भाइरस संक्रमणको महामारी र लक डाउनको विषम परिस्थितिमा पनि सुचारु रहेको थियो । ओलम्पिक टिमको तयारी नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेल संघबीचमा समन्वय भइरहेको छ ।

ओलम्पिक छात्रवृत्तिबाट दुई करोड रुपैंया बराबर बजेट खर्च भएको एनओसीले जनाएको छ । पछिल्लो समय भने ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको बन्द प्रशिक्षण राष्ट्रिय खेलकुद परिषदको तर्फबाट गरिएको छ ।

प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेको छ । स्वास्थ्य मापदण्ड अनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् । त्यस अनुसार टोकियो प्रवेश गर्न अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परिक्षणबाट गुज्रिनु पर्नेछ । टोकियो पुगे पछि तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु पर्नेछ ।

प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको खेल पोसाक केल्मी नेपालले प्रायोजन गरेको छ । यसका लागि नेपाल ओलम्पिक कमिटीले कामरु ट्रेडिङबीच प्रायोजनाको अनुबन्ध भइसकेको छ । अलिबाबा अन्तर्गतको दराजले प्रतियोगिताको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि प्रायोजन गरेको छ । यसका लागि पनि नेपाल ओलम्पिक कमिटी र दराजबीच अनुबन्धमा हस्ताक्षर भइसकेको छ । यस अनुसार टोकियो ओलम्पिक तथा नेपालको सहभागितालाई लिएर विद्युतीय माध्यमबाट प्रचार प्रसार गरिनेछ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी हुनेहरूलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय पोसाकको प्रबन्ध गरेको छ ।

ओलम्पिकमा नेपालबाट सहभागी अफिसियलहरु :

जीवनराम श्रेष्ठ – अध्यक्ष, एनओसी

निलेन्द्रराज श्रेष्ठ – महासचिव, एनओसी

चतुरानन्द राजवैध – उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी

तेजबहादुर गुरूङ – उपाध्यक्ष, एनओसी

सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष, एनओसी

पिताम्बर तिम्सिना – सहमहासचिव, एनओसी

कुमारी तुलसी थापा – सचिव, एनओसी

प्रकाश शमशेर राणा – सदस्य, एनओसी

राम अवाले – सदस्य, एनओसी

केदार न्यौपाने – सचिव, युवा तथा खेलकुद मन्त्रालय

शिव कोइराला – उपाध्यक्ष, राखेप

रमेशकुमार सिलवाल – सदस्यसचिव, राखेप

सुभाष श्रेष्ठ – सदस्य, राखेप

सम्पन्न श्रेष्ठ – सदस्य, राखेप

नविशमान सिंह प्रधान – मेडिकल

प्रेम बराल – कर्मचारी, टोकियो नेपाली दुतावास

रुपेश डंगोल – स्वयंसेवक, टोकियो स्थित नेपाली स्वंयसेवक

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.