default_image

3 years ago

August 2, 2021

इंग्ल्यान्डसँग खेल्नुअघि भारतलाई अर्को झट्का

एजेन्सी – इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल्नुअघि भारतीय क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ । ओपनर मयंक अग्रवालले बुधबारबाट नोटिङ्घममा सुरु हुने पहिलो टेस्ट गुमाउने भएका छन् । ब्याटिङ सेसनको क्रममा उनको हेल्मेटले बलले लागेपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । अग्रवालमा ककन्सन (होस हराउन) भएपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । […]

27 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल्नुअघि भारतीय क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ । ओपनर मयंक अग्रवालले बुधबारबाट नोटिङ्घममा सुरु हुने पहिलो टेस्ट गुमाउने भएका छन् ।

ब्याटिङ सेसनको क्रममा उनको हेल्मेटले बलले लागेपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । अग्रवालमा ककन्सन (होस हराउन) भएपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । चोटका कारण तीन खेलाडी भारत फर्कि सकेका छन् । ओपनर सुभमन गिल, स्पिन अलराउन्डर वासिन्टन सुन्दर र तीव्र गतिका बलर आवेश खान चोटका कारण टोलीबाट बाहिरि सकेका छन् ।

अग्रवाल खेल सुरु नहुँदै घाइते हुने चौथो खेलाडी हुन् । भारतको ओपनिङ रोहित शर्मा र लोकेश राहुल (केएल) ले गर्ने लगभग निश्चित भएको छ । भारतले ओपनर पृथ्वी शा र सूर्यकुमार यादवलाई टेस्टमा बोलाई सकेको छ । तर उनीहरु पहिलो टेस्ट क्वारेनटाइनको कारण गुमाउने छन् । यसै साता श्रीलंकाविरुद्ध सिरिजपछि उनीहरु इंग्ल्यान्डतर्फ लागेका थिए ।


इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले क्रिकेटबाट अनिश्चित विश्राम लिई सकेका छन् । उनको स्थानमा केग ओभरटन खेल्ने छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१÷२३ को पहिलो यस टेस्ट सिरिजमा भारत र इंग्ल्यान्ड दुबै सानदार सुरुवात गर्न चाहन्छन् ।

भारतको टोली : रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद शिराज, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह, अभिमन्यु ईश्वरन, पृथ्वी शा र सूर्यकुमार यादव ।

इंग्ल्यान्डको टोली (सुरुवाती दुई खेल ) :  जो रुट (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जस बटलर, ज्याक क्रली, साम करन, हसिब अहमद, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, क्रेग ओभरटन र मार्क वुड ।

पाँच टेस्ट सिरिज


पहिलो टेस्ट : ४ देखि ८ अगष्ट, नोटिंघम


दोस्रो टेस्ट : १२ देखि १६ अगष्ट, लर्ड्स


तेस्रो टेस्ट
 : २५ देखि २९ अगष्ट, लिड्स


चौथो टेस्ट : २ देखि ६ सेप्टेम्बर, लन्ड्न


पाँचौ टेस्ट : १० देखि १४ सेप्टेम्बर, म्यानचेष्टर

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.