default_image

3 years ago

September 21, 2021

नेपालको सुरुवाती ११ मा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको हङकङविरुद्धको खेलमा नेपालको सुरुवाती ११ घोषणा भएको छ । फिलिपिन्सविरुद्धको पहिलो रोजाईमा खेलेको भन्दा टोलीमा एक खेलाडी परिवर्तन भएको छ । डिफेन्डर पुजा रानाको स्थानमा बिमला बिकले पहिलो रोजाईमा मौका पाएका छन् । पुजाले फिलिपिन्सविरुद्धको खेलमा चोट बोक्न पुगेकी थिइन् । उनको स्थानमा बिमलाले नै राष्ट्रिय […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको हङकङविरुद्धको खेलमा नेपालको सुरुवाती ११ घोषणा भएको छ । फिलिपिन्सविरुद्धको पहिलो रोजाईमा खेलेको भन्दा टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।

डिफेन्डर पुजा रानाको स्थानमा बिमला बिकले पहिलो रोजाईमा मौका पाएका छन् । पुजाले फिलिपिन्सविरुद्धको खेलमा चोट बोक्न पुगेकी थिइन् । उनको स्थानमा बिमलाले नै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । नेपालको गोलपोस्ट एन्जिला तुम्बाप्पो सुब्वाले सम्हालेछिन् ।

डिफेन्समा गीता राना, हीरा कुमारी भुजेल, अमृता जैशी र बिमला विक रहनेछिन् । मिडफिल्डमा कप्तान रेनुका नगरकोटेसँगै मन्जली कुमारी योन्जन र सरु लिम्बु रहनेछन् । फरवार्डमा प्रीति राईसँगै सविता राना र बिमला चौधरी रहनेछन् । बिमलाले फिलिपिन्सविरुद्धको खेलमा गोल गरेकी थिइन् ।

खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बावजुत अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपाले छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ ।

नेपालले हङकङसँग दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ । नेपालले हङकङसँग सन् १९८६ मा १–० ले तथा सन् १९८९ मा ३–० को हार बेहोरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो । सन् २०१८ मा भने हङकङको राष्ट्रिय टोलीलाई नेपाल एपिएफको महिला टोलीले ३–१ को जित निकालेको थियो । महिला टोली पनि एपिएफले निकालेको जितलाई निरन्तरता दिदै हङकङमाथि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाललाई छनोट हुन कम्तीमा पनि जितको खाँचो छ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ । एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ । एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे प्रष्ट पारेको छैन, तर एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भने उल्लेख गरिएको छ । एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने पनि प्रष्ट छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.