default_image

2 years ago

October 21, 2021

श्रीलंका टि२० विश्वकपको सुपर १२ मा

एजेन्सी – श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा पुग्ने पहिलो टोली बनेको छ । बुधबार राती श्रीलंकाले आयरल्यान्डलाई ७० रनले पराजित गर्दै पहिलो चरणको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय […]

77 views

0 Bookmark

एजेन्सी – श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा पुग्ने पहिलो टोली बनेको छ । बुधबार राती श्रीलंकाले आयरल्यान्डलाई ७० रनले पराजित गर्दै पहिलो चरणको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले ३९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २८ बलमा २ चौका सहित २४ रन बनाए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर पाउल स्टलिङ ७ र केभिन ओ ब्रायन ५, ग्रेथ डेलानी २, ह्यारी टेक्टर ३ र मार्क आदिर २ रनमा आउट भए । श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए । वानिन्दु हसरंगा र दुश्मन्था चामिरा नाममा १–१ विकेट रह्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले ४७ बलमा १० चौका र १ छक्का सहित सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ४७ बलमा ६ चौका र १ छक्का सहित ६१ रन जोडेका थिए । कप्तान दासुन शनका ११ बलमा २ चौैका र १ छक्का सहित २१ रनमा अविजित रहे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्यान्डका तीव्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टर्न सकेन । मार्क आदिरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । श्रीलंकाले शुक्रबार नेदरल्यान्ड्सँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा शीर्षस्थानमा रहँदै सुपर १२ को समूह ए मा रहनेछ । उक्त खेलमा पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । नेटरनरेटको कारण दोस्रो स्थानमा रहे सुपर १२ को समूह बीमा रहनुपर्ने हुन्छ ।

आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड र नामिबियाबीच शुक्रबार खेल हुनेछ । विजेता टोली सुपर १२ मा पुग्नेछन् । नेदरल्यान्ड्स दुबै खेलमा हारका साथ बाहिरि सकेको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरि सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

Success

Thank you for your time.