default_image

2 years ago

October 26, 2021

क्वारेन्टाइन सकेर मैदान फर्किए रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द साफ च्याम्पियनसिपको उपविजेता बनेपछि इन्डोनेसिया फर्कंदै क्वारेन्टाइन पूरा गरेपछि मंगलबार मैदानमा उत्रिएका छन् । रोहितले पर्सिजाको टोलीमा पुनरागमन गरेपनि टोलीले इन्डोनेसियाको शीर्ष डिभिजन लिगा १ अन्तर्गत मंगलबारको खेलमा हार बेहोरेको छ । रोहितको टोली पर्सेबया सुराबयासँग १-० ले पराजित भएको हो । खेलको एकमात्र गोल २५ औं मिनेटमा भएको […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द साफ च्याम्पियनसिपको उपविजेता बनेपछि इन्डोनेसिया फर्कंदै क्वारेन्टाइन पूरा गरेपछि मंगलबार मैदानमा उत्रिएका छन् ।

रोहितले पर्सिजाको टोलीमा पुनरागमन गरेपनि टोलीले इन्डोनेसियाको शीर्ष डिभिजन लिगा १ अन्तर्गत मंगलबारको खेलमा हार बेहोरेको छ । रोहितको टोली पर्सेबया सुराबयासँग १-० ले पराजित भएको हो । खेलको एकमात्र गोल २५ औं मिनेटमा भएको थियो । ताइसेइ मारुकावाले पर्सेबयाका लागि गोल गरेका थिए ।

साफ च्याम्पियनसिपबाट इन्डोनेसिया फर्केपछि रोहितले पहिलो खेल खेलेका हुन् । उनले मंगलबार पूरा ९० मिनेट खेलेका थिए । उनले यसअघिको खेल भने क्वारेन्टाइन बस्नुपरेको कारण गुमाएका थिए ।

यस हारसँगै पर्सिजा अंक तालिकाको सातौं स्थानमा छ । टोलीले ९ खेलमा ३ जित, ४ बराबरी र २ हारसँगै १३ अंक जडेको छ । टोलीले पछिल्लो ५ खेलमा २ जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ । शीर्षस्थानको पर्सिब र भायांकाराको समान १९ अंक रहेको छ ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

Success

Thank you for your time.