default_image

4 years ago

November 11, 2021

मन्त्रीको स्वागतमा एसियाली खेलकुदको चर्चा

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार स्वागत गर्नुका साथै अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल गरेको छ ।

एसियाली खेलकुदको १९ औं संस्करण चीनको हाङझाउमा सन् २०२२ को सेप्टेम्बर १५ देखि २५ सम्म आयोजना हुँदैछ । छलफल नेपालको सम्भावित सहभागिता, त्यसको तयारी र समस्या तथा औचित्यमा केन्द्रित रहेको एनओसीले जनाएको छ । खेलकुद मन्त्री गहतराजले खेलकुद संघलाई आफ्नो तयारी सुरु गर्न निर्देशन दिएका छन् ।

उनले त्यसका लागि आवश्यक बजेटका लागि पहल गर्ने वचन दिएको बताइएको छ । मन्त्री गहतराजले नेपालको तयारी गुणात्मक रूपमा राम्रो हुनु पर्ने र पदक जितमा केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् । ‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरको छ । त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो, उनले छलफलमा भनेका छन् ।’

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नया“ खेलकुद ऐनपछि नेपाली खेलकुद नया“ अध्यायमा प्रवेश गरेको बताउ“दै देशको विकासका लागि सरकार, ओलम्पिक कमिटी र संघबीच समन्वयको आवश्यकता रहेको बताए । ‘एसियाली खेलकुदमा पदकका लागि ठोस तयारीको आवश्यकता पर्ने हुन्छ । यो एक दिनको तयारीले पुग्दैन, उनले भने, अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि तयारी अहिले तयारी सुरु गर्नु पर्ने हुन्छ ।’

श्रेष्ठले यसपल्टको एसियाली खेलकुदमा नेपालको सहभागिता राम्रो प्रदर्शनका लागि हुनु पर्नेमा जोड दिए । एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले नवनियुक्त मन्त्रीको स्वागत गर्दै उहा“को नेतृत्वमा नेपाली खेलकुद चलायमान हुने विश्वास व्यक्त गरे । एसियाली खेलकुदको तयारीका लागि भएको प्रारम्भिक छलफलमा विभिन्न खेल संघका पदाधिकारी तथा पूर्व खेलाडीले आफ्नो खेलमा रहेको समस्या, बजेटको अभाव, भौतिक पूर्वाधार र खेल सामग्रीको अर्पाप्तता रहेको बताएका थिए ।

भलिबल, रग्वी, गल्फ, एथलेटिक्स, इक्वेस्ट्रियन, करा“ते, उसु, टेबल टेनिस, तेक्वान्दो, राप्mटिङ, क्यानोइङ, कुस्ती, पौडी, साइक्लिङ, जुडो, टेनिस, कपर्दी, फेन्सिङ, बक्सिङ, ट्रायथलन र ब्याडमिन्टन संघका प्रतिनिधिले आ आफ्नो धारणा राखेको एनओसीले जनाएको छ ।

ट्रायथलन संघका अध्यक्ष समेत रहेका एनओसी महासचिव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता संघलाई दिने भनेर घोषणा भएको पुरस्कार राशि अहिलेसम्म प्राप्त नभएको गुनासो गर्दै ठूला प्रतियोगितामा राम्रो प्रदर्शनका लागि संघ तथा खेलाडीलाई प्रोत्साहित गर्नु पर्ने बताए ।आफ्नोकार्यक्रमको ओलम्पिक कमिटीको पदाधिकारी, यस अन्तर्गतका कमिसनका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.