default_image

2 years ago

November 25, 2021

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटीले समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई […]

72 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटीले समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई फार पोस्टबाट गोलमा परिणत गर्दै खेललाई १३ मिनेटपछि नै बराबरीमा ल्याए ।

मेस्सी र नेयमारसँगै एमबाप्पेको जोडीले बेला बेलामा सिटीलाई समस्या दिएपनि खेल अवधिभर सिटीले नै बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराएका ग्याब्रीएल जेससले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि विजयी गोल सम्भव भएको थियो । बर्नार्डो सिल्भाको चलाखीपूर्ण मुभसँगै जेसासले विजयी गोल गरे ।

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्यो । समग्रमा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का भयो । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहँदै अघि बढेको छ । लाइप्जिग र ब्रुगको ४-४ अंक रहेको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.