default_image

2 years ago

November 25, 2021

सेरिफलाई हराउँदै रियल म्याड्रिड नकआउट चरणमा

एजेन्सी – मोल्दोभाको एफसी सेरिफमाथि सहज जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । घरेलु टोली सेरिफलाई ३–० ले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलसँगको हार तथा खर्काे खेलमा इन्टर मिलानको जितले सेरिफको नकआउट […]

72 views

0 Bookmark

एजेन्सी – मोल्दोभाको एफसी सेरिफमाथि सहज जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

घरेलु टोली सेरिफलाई ३–० ले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलसँगको हार तथा खर्काे खेलमा इन्टर मिलानको जितले सेरिफको नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।

बोल्साया एरिना टिरासपोल मोल्दोभामा बुधबार राति भएको खेलमा रियलको जितमा डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा गोलको खाता खोलेको थियो । डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए । ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए ।

५८औैं मिनेटमा रोड्रिगोले अवसर खेर फाले । ६३औं मिनेटमा थिलको कर्नरमा डुलान्टोको हेडरलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाउँदा सेरिफले गोल अन्तर कम गर्न सकेन । ६८औं मिनेटमा ट्राओरे प्रहारलाई कोर्टुवाले विफल पारे । त्यसमै क्रिस्टियानोको प्रहारमा कोर्टुवा नै बाधक बने ।

८८औं मिनेटमा मार्सेलोको क्रसमा करिम बेन्जेमाको फ्लिकमा मार्काे एसेन्सियोको प्रहार सेरिफका गोलरक्षक एथानासियाडिसले विफल पारे ।यो जितसँगै रियलले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । गत सेप्टेम्वरमा रियल घरेलु मैदानमा २–१ ले स्तब्ध बनेको थियो ।

यो जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ । पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । इन्टरको जितमा दुवै गोल इडेन जेकोले गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.