default_image

2 years ago

November 25, 2021

अपराजित लिभरपुलले पोर्टाेलाई हरायो

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गर्दै समूह चरणमा लगातार पाँचौ जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एनफिल्डमा […]

82 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गर्दै समूह चरणमा लगातार पाँचौ जित दर्ता गरेको छ ।

लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३८औं मिनेटमा अग्रता लिएपनि साडियो मानेको गोलले मान्यता पाएन । भिएआरमा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ७०औं मिनेटमा मोहम्मद सलाहले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । मिलानको जितमा जुनियर मेसिएसले खेलको अन्त्यतिर निर्णायक गोल गरे । जितपछि मिलानको ५ खेलबाट ४ अंक पुगेको छ । पराजित एट्लेटिकोको पनि ४ अंक नै रहेपनि गोल अन्तरमा तेस्रोमा छ ।

अब समूह चरणको अन्तिम राउन्डमा एसी मिलानले लिभरपुलसँग तथा एट्लेटिकोले पोर्टाेसँग खेल्दैछ । यो नतिजापछि यो समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । पोर्टाे, एट्लेटिको म्याड्रिड र एसी मिलानको अघिल्लो चरण पुग्ने समिकरण छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.