default_image

2 years ago

November 25, 2021

मिलानसँग एट्लेटिकोको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब एसी मिलानले महत्वपुर्ण जित निकालेको छ । नकआउट चरण पुग्ने सम्भावना जीवित राख्न जित निकाल्नै पर्ने खेलमा मिलानले एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । एट्लेटिकोमाथिको महत्वपुर्ण जितसँगै मिलानले समूहमा दोस्रो भएर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । मिलानसँगको हारसँगै एट्लेटिको म्याड्रिडले च्याम्पियन्स […]

83 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब एसी मिलानले महत्वपुर्ण जित निकालेको छ । नकआउट चरण पुग्ने सम्भावना जीवित राख्न जित निकाल्नै पर्ने खेलमा मिलानले एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

एट्लेटिकोमाथिको महत्वपुर्ण जितसँगै मिलानले समूहमा दोस्रो भएर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । मिलानसँगको हारसँगै एट्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।

वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा मिलानको जितमा वैकल्पिक खेलाडी जुनियर मेसिएसले खेलको अन्त्यतिर निर्णायक गोल गरे । ६५औं मिनेटमा राडे क्रुनिकको स्थानमा मैदान छिरेका जुनियरले ८७औं मिनेटमा गोल गरेका थिए ।

जितपछि मिलानको ५ खेलबाट ४ अंक जोड्दै पुछारमा यथावत छ । पराजित एट्लेटिकोको पनि ४ अंक नै रहेपनि गोल अन्तरमा तेस्रोमा छ ।
अब समूह चरणको अन्तिम राउन्डमा एसी मिलानले लिभरपुलसँग तथा एट्लेटिकोले पोर्टाेसँग खेल्दैछ ।

यो नतिजापछि यो समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । पोर्टाे, एट्लेटिको म्याड्रिड र एसी मिलानको अघिल्लो चरण पुग्ने समिकरण छ । लिभरपुलले लगातार पाँचौ जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ ।

बुधबार राति घरेलु मैदानमा लिभरपुलले पोर्टाेलाई २–० ले पराजित गर्दै समूहमा लगातार पाँचौ जित निकाल्न सफल भएको थियो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरेका थिए । जितपछि लिभरपुलको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित पोर्टाेको ५ अंक छ ।

अन्य नतिजा

बेसिक्टासविरुद्ध आयाक्स (१–)

इन्टर मिलानविरुद्ध साख्तर डोनेस्क (–०)

स्पोर्टिङ सिपीविरुद्ध बोरुसिया डर्टमुन्ड (–१)

म्यानचेस्टर सिटीविरुद्ध पीएसजी (–१)

एट्लेटिको म्याड्रिडविरुद्ध एसी मिलान (०–)

लिभरपुलविरुद्ध पोर्टो (–०)

क्लब ब्रुगविरुद्ध आरबी लाइप्जिग (०–)

सेरिफविरुद्ध रियाल म्याड्रिड (०–)

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.