default_image

2 years ago

November 25, 2021

केल्मीले आर्मीका एक खेलाडीलाई युरोप लाने सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – खेलपोशाक निर्माणको अन्तर्राष्ट्रिय कम्पनी केल्मीले त्रिभुवन आर्मी फुटबल क्लबको महिला र पुरुष मध्ये एक खेलाडीलाई युरोपमा प्रशिक्षणको व्यवस्था मिलाउने भएको छ । नेपाली फुटबलको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ युरोपको कुनै एक क्लबमा प्रशिक्षणको व्यवस्था मिलाउने गरि केल्मी र आर्मी क्लबबीच बिहीबार सम्झौता भएको छ । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलपोशाक निर्माणको अन्तर्राष्ट्रिय कम्पनी केल्मीले त्रिभुवन आर्मी फुटबल क्लबको महिला र पुरुष मध्ये एक खेलाडीलाई युरोपमा प्रशिक्षणको व्यवस्था मिलाउने भएको छ । नेपाली फुटबलको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ युरोपको कुनै एक क्लबमा प्रशिक्षणको व्यवस्था मिलाउने गरि केल्मी र आर्मी क्लबबीच बिहीबार सम्झौता भएको छ ।

केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र आर्मीका महासेनानी मुनाल बस्नेतले बिहीरबा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । खेलाडीको प्रशिक्षणको व्यवस्थापनका लागि स्थानिय पहल भने केल्मी नेपालले लिने प्रबन्ध निर्देशक उत्तम न्यौपाने जानकारी दिए ।

यसैबीच केल्मी नेपाल र त्रिभुवन आर्मी क्लबबीच किट्स प्रायोजन सम्झौता ४ वर्षका लागि नविकरण भएको छ । यसअघि २ वर्षको सम्झौता समाप्त भएपछि नयाँ सम्झौता भएको हो । आर्मीको पुरुषको ए र बी टोली, महिला टोली तथा एकेडेमी टोलीलाई केल्मीले फुटबल किट्स उपलब्ध गराउने छ ।

त्यस्तै नयाँ सम्झौताका रुपमा केल्मी नेपालले आर्मीको महिला र पुरुष भलिबल टोलीलाई पनि किट्स प्रायोजन गर्ने सम्झौता भएको छ । आर्मीका फुटबल र भलिबल टोलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा केल्मीकै उत्पादन सामाग्री प्रयोग गर्ने सम्झौता रहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए । सम्झौता कार्यक्रममा प्रमुख सेनानी उज्वल केसीको पनि उपस्थिति थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.