default_image

2 years ago

November 26, 2021

लेस्टरको सहज जित

एजेन्सी – युइएफए युरोपा लिगमा इंग्लिस क्लब लेस्टर सिटीले सहज जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा पोलिस क्लब लेगिया वार्सजावामाथि ३–१ को जित निकालेको हो । लेस्टरको जितमा पाटसन डाका, जेम्स म्याडिसन र विलफ्रेड एनडिडिलीले गोल गरे । फिलिप म्लाडिनोभिचले एक गोल फर्काए । सबै चार गोल पहिलो हाफमा नै सम्भव भएको थियो । […]

94 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगमा इंग्लिस क्लब लेस्टर सिटीले सहज जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा पोलिस क्लब लेगिया वार्सजावामाथि ३–१ को जित निकालेको हो ।

लेस्टरको जितमा पाटसन डाका, जेम्स म्याडिसन र विलफ्रेड एनडिडिलीले गोल गरे । फिलिप म्लाडिनोभिचले एक गोल फर्काए । सबै चार गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको ११औं मिनेटमा पाटसन डाकाको गोलबाट अग्रता लिएको थियो । उनले हार्भे बार्नेसको पासमा गोल गरेका थिए । २१औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।

२६औं मिनेटमा माहिर इमरेलीले पेनाल्टी चुकाउँदा लेगिया वार्सजावाले गोल अन्तर कम गर्न सकेन । लगत्तै २७औं मिनेटमा फिलिप म्लाडिनोभिचले माहिरको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

३३औं मिनेटमा विलफ्रेड एनडिडिले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै लेस्टरको जितमा पर्याप्त बन्यो ।

जितपछि लेस्टर समूह ‘सी’ मा ५ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित लेगिवा वार्सजावा ६ अंक जोडेर पुछारमा छ । यो समूहबाट सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना रहेको छ ।

दोस्रो स्थानको स्पारटाक मस्को र तेस्रो स्थानको नेपोलीको समान ७ अंक छ । समूहको अन्तिम चरणको खेलमा लेस्टर र नेपोली तथा स्पारटाक मस्को र लेगिया वार्सजावाबीच प्रतिस्पर्धा हुदैछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.