default_image

2 years ago

November 26, 2021

मुरासँग टोटेनहम स्तब्ध

एजेन्सी – अन्तिम समयमा गोल खान पुग्दा इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेस लिगमा स्लोभेनियन क्लब मुरासँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको टोटेनहम मुरासँग २–१ ले स्तब्ध बनेको हो । मारिवोर स्लोभेनियामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा टोमी होरभाट र एमाडेज मारोसाले गोल गर्दा टोटेनहमका कप्तान ह्यारी केनले गोल गरेपनि हार […]

52 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा गोल खान पुग्दा इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेस लिगमा स्लोभेनियन क्लब मुरासँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको टोटेनहम मुरासँग २–१ ले स्तब्ध बनेको हो ।

मारिवोर स्लोभेनियामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा टोमी होरभाट र एमाडेज मारोसाले गोल गर्दा टोटेनहमका कप्तान ह्यारी केनले गोल गरेपनि हार टार्न सकेन । घरेलु टोली मुराले खेलको ११औं मिनेटमा टोमी होरभाटको गोलबाट अग्रत लिएको थियो ।

३२औ मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुग्दा समस्यामा परेको थियो । रेयान सेसेगनन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा वैकल्पिक खेलाडी एमाडेज मारोसाले गोल गर्दै टोटेनहमलाई स्तब्ध पारे । यो हारपछि समूह ‘जी’ मा टोटेनहम ५ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा रहेको छ । मुरा ३ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा रेनेस र भिटेसेले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि रेनेस ११ अंक जोडेर अर्काे चरणमा पुग्न सफल भएको छ । भिटेसे ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.