3 years ago
November 26, 2021
एजेन्सी – चार देशीय महिला फुटबलको सिरिजमा ब्राजिलको महिला फुटबल टोलीले भारतको महिला फुटबल टोलीमाथि फराकिलो जित निकालेको छ ।
एरिना द अमेजोनियामा ब्राजिलमा शुक्रबार भएको खेलमा घरेलु टोली ब्राजिलले भारतमाथि ६–१ को फराकिलो जित निकालेको हो । ब्राजिलको फराकिलो जितमा बोर्गेस अरियाडिनाले दुई तथा डेविन्हा, जियोभाना, बोर्गेस अरियाडिना, क्यारोलिन र जिसेले समान एक गोल गरिन् । भारतकी मनिषा कल्यानले एक गोल फर्काइन् ।
ब्राजिलले खेलको पहिलो मिनेटमै कप्तान डेबिन्हाको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा मनिषा कल्यानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ३६औं मिनटमा जियोभानाले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ को अग्रता दिलाइन् ।
दोस्रो हाफमा झनै आक्रामब बनेको ब्राजिलले भारतलाई लगातार दवावमा राख्दै चार गोल थप्न सफल भएको थियो । ५२औं मिनटमा बोर्गेस अरियाडिनाले गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाइन् । ५५औं मिनेटमा क्यारोलिनले गोल गर्दै ब्राजिललाई फराकिलो जिततर्फ अग्रसर गराइन् ।
७६औं मिनटमा जिसेले गोल थपेपछि ब्राजिलले खेलमा ५–१ को आरामदायी अग्रता लिन सफल भयो । ८१औं मिनटमा बोर्गेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै ब्राजिलको सानदार जित पक्का गरिन् ।
अब भारतले आफ्नो दोस्रो खेल आइतबार चिलीसँग खेल्नेछ । ब्राजिलले सोही दिन भेनेजुएलासँग खेल्ने तालिका छ । भारतले एएफसी वुमन्स एसिया कप २०२२ को तयारीका लागि यो चार देशीय सिरिजमा सहभागिता जनाएको हो । शुक्रबार नै भएको खेलमा चिलीले भेनेजुएलालाई १–० ले हराउँदै विजयी शुरुवात गरेको छ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]