default_image

2 years ago

November 27, 2021

चेल्सीका चिलवेल ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब चेल्सीका डिफेन्डर बेन चिलवेल कम्तीमा ६ साता मैदान बाहिर रहने पक्का भएको छ । एन्टेरिएर क्रुसिएट लिगामेन्ट ९एसिएल० चोटका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । यसको अर्थ उनी यो वर्ष (२०२१) मा मैदान बाहिर रहनेछ । चिलवेलले च्याम्पियन्स लिगमा युभेन्ट्समाथि ४–० को जित निकालेको खेलको पहिलो […]

96 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका डिफेन्डर बेन चिलवेल कम्तीमा ६ साता मैदान बाहिर रहने पक्का भएको छ । एन्टेरिएर क्रुसिएट लिगामेन्ट ९एसिएल० चोटका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

यसको अर्थ उनी यो वर्ष (२०२१) मा मैदान बाहिर रहनेछ । चिलवेलले च्याम्पियन्स लिगमा युभेन्ट्समाथि ४–० को जित निकालेको खेलको पहिलो हाफमै चोट बोक्न पुगेका थिए ।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले चिलवेलको तत्कालै शल्यक्रिया गर्न आवश्यक नरहेको र त्यो हेर्नको लागि ६ साता लाग्ने बताएका छन् । यो अवधिमा चोट पर्याप्त रुपमा निको हुन नसके उनको शल्यक्रिया नै गर्नुपर्ने प्रशिक्षक टुचेलले बताएका छन् ।

‘बेन बाहिर छ ।’ टुचेलले भने, ‘उहाँको एसिएलको आंशिक चोट छ र तत्कालै शल्यक्रिया गरिदैन । उनी पुर्ण रुपमा फिट हुनेछन् । या शल्यक्रिया र्न गर्नुपर्ने अर्को ६ साताले नै के गर्ने भन्ने बताउनेछ ।’ टुचेलले शल्यक्रियाको सम्भावनालाई जोड दिदै मलाई अर्को ६ साताको मात्रै ख्याल रहेको र उनको शरीरको प्रतिक्रिया राम्रो भएको सकरात्मक रहेको र यसरी नै सुधार भए शल्यक्रिया आवश्यक हुनेछैन । चोट बोकेपछि चिलवेलले यस्तो फुटबलको मजा लिइरहेको क्षणमा चोट बोक्नु निराशजनक रहेको र जतिसक्दो छिटो मैदानमा फर्कने प्रयास गर्ने बताएका छन् ।

चिलवेलको चोट चेल्सीका लागि महत्वपुर्ण झट्का हो । किनकि चिलवेल र उनको सहयात्री रिस जेम्सको जोडी यो सिजनमा निकै जमेको छ । यि दुईबाट यो सिजनमा ८ गोल र ६ असिस्टमा समन्वय भएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.